थप १३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १३४ पुग्यो « Khabarhub

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १३४ पुग्यो


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपालमा थप १३ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । थप १३ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १ सय ३४ पुगेको हो ।

सोमबार मात्रै नेपालमा २४ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि सोमबार नै कपिलवस्तुका १० र सप्तरीका १ जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोमबार साँझ प्राप्त भएको रिपोर्टअनुसार कपिलवस्तुकै थप ६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कपिलवस्तुमा मात्र कोरोना भाइरसको संक्रमण देखिने व्यक्तिको संख्या २१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सोमबार साँझ कोरोना संक्रमण पुष्टि भएकामा कपिलवस्तुका ६, रुपन्देहीका ६ तथा बर्दियाका १ जना छन् ।

कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि गाउँपालिका–७ घर भएका १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरु छन् ।

यस्तै, रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका–६ घर भएका २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषहरु छन् । बर्दियाको राजापुर–५ घर भएकी ११ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ७ : २७ बजे

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई राष्ट्रपतिले दिए धन्यवाद

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८