कुवेतबाट ३ सय नेपाली स्वदेश फर्कदै « Khabarhub

कुवेतबाट ३ सय नेपाली स्वदेश फर्कदै


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  बुधबार उडान हुन नसकेपछि रोकिएका ३ सय नेपाली लिएर कुवेतबाट २ वटा जहाज आज नेपाल आउँदै छन् ।

दुई वटा जहाजमा एक सय ५० जनाका दरले ३ सय नेपाल आउन लागेका हुन् । कुवेत सिटीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट जजीरा एयरलाइन्सको जहाज स्थानीय समयअनुसार बिहानको ४ बजे काठमाडौंका लागि उडेको छ ।

अर्को जहाज पनि कुवेतको समय अनुसार ६ बजे नेपालका लागि उड्नेछ । सरकारी अधिकारीहरूका अनुसार पहिलो जहाजमा प्रदेश १ का ६१, प्रदेश २ मा ९ र वाग्मती प्रदेशका ८० जना हुनेछन् ।

यस्तै, दोस्रो जहाजमा प्रदेश १ का ५७, प्रदेश २ का एक जना, वाग्मती प्रदेशको २६, गण्डकीमा ९ जना, प्रदेश ५ का ४५, कर्णालीमा १० र सुदूरपश्चिम प्रदेशका दुई जना रहने छन् ।

गैरकानुनी हैसियतमा बसेका कामदारहरूलाई कुवेतमा क्याम्प राखिएको छ । त्यस्तालाई ल्याउन लागिएको हो । उनीहरूलाई कुवेत सरकारले नै जहाज चाटर्ड गरेर पठाउन लागेको बताइएको छ ।

अवैधानिकरूपमा बसेका २९ सय जना नेपालीलाई आममाफि दिएको कुवेत सरकारले उनीहरू सबैलाई क्रमिकरूपमा पठाउन लागेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

सरकारले यही जेठ २३ गतेबाट विदेशमा रहेका नेपालीको उद्धार सुरू गरेसँगै कुवेतमा रहेका नेपाली पनि स्वदेश फर्कन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भारतबाहेक ३३ मुलुकका २४ हजार एक सय ४८ जना नेपालीहरूलाई प्राथमिकताका आधारमा नेपालमा ल्याउनुपर्नेछ ।

 

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ८ : ४० बजे

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी