चार्टर उडानमा भएको अनियमितता छानबिन प्रकिया शुरू | Khabarhub Khabarhub

चार्टर उडानमा भएको अनियमितता छानबिन प्रकिया शुरू


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  चार्टर उडानमा भएको भनिएको अनियमितताबारे सरकारले छानबिन प्रकिया अघि बढाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा नागरिक उड्डयन प्राधिकरण र पर्यटन विभागका प्रतिनिधि सदस्य रहेको छानबिन समिति गठन गरेको हो ।

उक्त समितिले लकडाउनयता भएका चार्टर उडानमा ट्राभल एजेन्सीले प्रतियात्रु बिक्री गरेका टिकटको विवरण संकलन गरी एक हप्ताभित्र प्रतिबदेन बुझाउनेछ ।

टिकट संकलन र अध्ययनपछि रिफ्रेन्स दरभन्दा बढी रकम लिने ट्राभल एजेन्सीलाई कानूनी कारबाही गर्ने मन्त्रालयले तयारी गरेको छ ।

सरकारले चैत ९ गतेपछि व्यावसायिक अन्तर्राष्ट्रिय उडान रोकेपछि भएका ५५ वटा चार्टर उडानका नाममा तेब्बरसम्म भाडा असुली भएको गुनासो सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ९ : ४७ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार