मुख्यमन्त्रीको निर्देशन : जटिल सङ्क्रमित विशिष्टीकृत अस्पताल पठाउनुस् « Khabarhub

मुख्यमन्त्रीको निर्देशन : जटिल सङ्क्रमित विशिष्टीकृत अस्पताल पठाउनुस्


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसका जटिल प्रकृतिका सङ्क्रमितलाई विशिष्टीकृत अस्पताल पठाउन निर्देशन दिएका छन् ।

जिल्ला विपद् व्यवस्थापन केन्द्र कालीकोटको आज बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले कोरोना सङ्क्रमण जटिल देखिएका बिरामीलाई प्रदेश सरकारले निर्धारण गरेका विशिष्टीकृत अस्पतालमा पठाउन निर्देशन दिएका हुन् ।

प्रदेश सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल सुर्खेत र चौरजहारी सामदायिक अस्पताल रुकुमपश्चिमलाई विशिष्टीकृत अस्पतालका रूपमा तोकेको छ ।

उनले सामान्य सङ्क्रमितलाई नगरपालिकाकै आइसोलेसनमा व्यवस्थापन गर्ने, लक्षण देखिएका सङ्क्रमितलाई जिल्ला अस्पतालमा उपचार गर्ने गरी व्यवस्थापन गर्न सुझाव दिएका छन् ।

हरेक स्थानीय तहले ५०, जिल्लामा १०० शय्या आइसोलेसनको व्यवस्थापन गर्नुपर्नेमा बताउनुभएका मुख्यमन्त्री शाहीले कोरोना सङ्क्रमितको ओसारपसार गर्न जिल्लामा भएका सबै एम्बुलेन्स प्रमुख जिल्ला अधिकारीको मातहतमा राखी परिचालन गर्ने, हाल सञ्चालन रहेका एम्बुलेन्स अपुग भएमा ठूला गाडी भाडामा लिएर व्यवस्थापन गरिने बताए ।

पिसीआर परीक्षणको दायरा बढाउने जनाउँदै उनले कोरोना महामारीले निम्त्याएको विषम परिस्थितिसँग जुध्न अग्रभागमा रहेर काममा निर्वाध लागिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई धन्यवाद दिएका थिए ।

सबैले आ–आफ्नो क्षेत्र एवं तहबाट सरकारले जारी गरेका नियम, नीति, निर्देशनको पालना गर्दै अघि बढे कोरोनासँगको लडाइँ सुनिश्चित हुने उनको भनाइ थियो । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा गरिएका पहलबारे प्रमुख जिल्ला अधिकारी चन्द्रपसाद गैरेले मुख्यमन्त्री शाहीलाई जानकारी गराए ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  १० : ४३ बजे

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर– कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने

मधेशवादी दलका नेताले प्रधानमन्त्रीलाई सोधे : ताकेरै कम्मरमाथि गोली चलाउन कसले आदेश दियो ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार मधेसवादी दलहरूसँग छलफल गरेका छन्।

तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैङ्क

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न अन्तिम पटक १५ दिन थप, अब म्याद नथपिने

काठमाडौं– काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा प्रयोगविहीन

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिँदा एकजना नेपाली र ओमानी आरोहीको परिचय खुल्यो

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा