लिपुलेक भारतको भनेर चीनले स्वीकारी सक्यो – पूर्वराजदूत सुद « Khabarhub

लिपुलेक भारतको भनेर चीनले स्वीकारी सक्यो – पूर्वराजदूत सुद


२९ जेष्ठ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुदले नेपालको लिपुलेकलाई चीनले भारतकै हो भनेर स्वीकार गरिसकेको दावी गरेका छन् ।

बीबीसी हिन्दीले तयार पारेको कभर स्टोरी भिडियोमा पूर्वराजदूत सुदले चीन र भारतबीच भएका सम्झौताहरु स्मरण गराउँदै उक्त दावी गरेका हुन् ।

सुदका अनुसार सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाँदा चीन र भारतबीच भएको सम्झौतामा चीनले उक्त भूभाग भारतकै मानेको उल्लेख गरे ।

लिपुलेक भारतकै रहेको मानेर चीनले भारतसँग सीमा व्यापार सम्झौता गरेको उनको भनाइ छ ।

नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी विवाद पछिल्लो समय बढ्नुमा एक अर्काबीच विश्वासको कमी भएको पनि उनले बताए ।

 ‘भारतलाई विश्वासमा नलिइकन यति ठूलो फैसला नेपालले कसरी लियो ?’ बीबीसीको प्रश्नमा पूर्वराजदूत सुदले भने, ‘धेरथोर कमी भारतका तर्फबाट पनि रह्यो, सायद यसकारण पनि हुन सक्छ कि हाम्रा राजदूत त्यहाँ (नेपालमा) डिसेम्बरमा रिटायर हुँदै थिए र नयाँ राजदूत पुग्न दुई–तीन महिना लाग्दै थियो ।’

नेपाल–भारत सीमा विवादमा चीनको कुनै प्रकारको भूमिका रहेको भन्नेमा आफूलाई विश्वास नलागेकोसमेत उनले बताए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ११ : २२ बजे

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व