कोरोना संक्रमण फैलन मौसमको भूमिकाबारे प्रष्ट भएको छैन : डब्ल्युएचओ « Khabarhub

कोरोना संक्रमण फैलन मौसमको भूमिकाबारे प्रष्ट भएको छैन : डब्ल्युएचओ


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसमा मौसमको प्रभावबारे स्पष्ट नरहेकाले साबधानी नै अहिलेको उपयुक्त उपाय भएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जनाएको छ ।

बुधबार भएको प्रेस ब्रिफिङमा डब्ल्युएचओका आपतकालीन कार्यक्रम प्रमुख माइक रायनले पृथ्वीको दक्षिण ध्रुवमा जाडो मौसम आउँदा वा अन्य क्षेत्रमा गर्मी बढ्दाको प्रभावबारे अहिले स्पष्ट हुन नसकिने बताएका हुन् ।

‘तत्काल हामीसँग त्यस्तो कुनै तथ्यांक छैन कि जाडो मौसममा कोरोना भाइरस थप आक्रमणक हुन्छ वा शिथिल हुन्छ,’ रायनले भने ।

उनले कोरोना भाइरसको संक्रमण जाडो याममा थप तीव्र गतिमा हुन्छ वा संक्रमणको जोखिम कम हुन्छ भन्ने अहिले भन्न सक्ने अवस्था नरहेको उनले प्रष्ट्याएका छन् ।

मौसमले कोरोना भाइरसको प्रभाव कम वा बढी हुन्छ भन्ने भ्रममा नपरी सावधानी अपनाउन पनि उनले सुझाव दिएका छन् ।

 

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ११ : ५४ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले