बंगलादेशमा रहेका नेपालीलाई आइतबार स्वदेश फर्काइने « Khabarhub

बंगलादेशमा रहेका नेपालीलाई आइतबार स्वदेश फर्काइने


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरसको महामारी अप्ठ्यारोमा परेका बंगादेशका नेपालीलाई आगामी आइतबारदेखि स्वदेश फर्काउन शुरू गरिने भएको छ ।

ढाकास्थित नेपाली दूतावासका अनुसार बुधबार बिहानसम्म बंगलादेशमा रहेकामध्ये २९ जना नेपाली स्वदेश फर्किनका लागि पहिलो प्राथमिकतामा परेका छन् ।

दूतावासले जारी गरेको सूचना अनुसार गम्भीर स्वास्थ्य अवस्था भएका, सुत्केरी तथा गर्भवती, बालबालिका र ज्येष्ठ नागरिक, अध्ययन समाप्त भएक विद्यार्थी, पारिवारिक पुनर्मिलनमा आएकाहरू तथा पर्यटककारूपमा बंगलादेशमा पुगेर अलपत्र परेका नेपालीहरूलाई प्राथिमिकतामा राखिएको छ ।

नेपाल फर्किन चाहनेहरुले आफ्नो विमान खर्च र फर्केपछि क्वारेन्टाइनमा बस्दा लाग्ने सम्पूर्ण खर्च स्वयंले व्यहोर्नुपर्ने छ ।

नेपाल आउनका लागि विमान भाडा १६५ अमेरिकी डलर अर्थात १४००० टाका (१९,९५८ नेपाली रुपैयाँ) लाग्ने पनि दूतावासले प्रष्ट पारेको छ । आइतबार नेपाल एयरलाइन्सको विमानले ढाकामा रहेका नेपाली काठमाडौँ ल्याउनेछ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  १२ : १३ बजे

निफ ‘मेन इभेन्ट’मा प्रवेश, आउन थाले विदेशी अतिथि

काठमाडौं – आगामी चैत १९ देखि २३ सम्म हुन लागेको

फिल्म ‘पहाड’ को गीत ‘ॐ नम शिवाय’ सार्वजनिक

काठमाडौं – वरिष्ठ निर्देशक तुलसी घिमिरेको फिल्म ‘पहाड’को शीर्ष गीत

औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्न सुरु

टीकापुर– कैलालीमा औलो र कालाजार तथा अन्य कीटजन्य रोग नियन्त्रणका

काठमाडौंमा १९ गतेदेखि तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुने

काठमाडौं– नेपाल नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा चैत्र १९ गतेदेखि

न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको आरोपमा