बंगलादेशमा रहेका नेपालीलाई आइतबार स्वदेश फर्काइने | Khabarhub Khabarhub

बंगलादेशमा रहेका नेपालीलाई आइतबार स्वदेश फर्काइने


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरसको महामारी अप्ठ्यारोमा परेका बंगादेशका नेपालीलाई आगामी आइतबारदेखि स्वदेश फर्काउन शुरू गरिने भएको छ ।

ढाकास्थित नेपाली दूतावासका अनुसार बुधबार बिहानसम्म बंगलादेशमा रहेकामध्ये २९ जना नेपाली स्वदेश फर्किनका लागि पहिलो प्राथमिकतामा परेका छन् ।

दूतावासले जारी गरेको सूचना अनुसार गम्भीर स्वास्थ्य अवस्था भएका, सुत्केरी तथा गर्भवती, बालबालिका र ज्येष्ठ नागरिक, अध्ययन समाप्त भएक विद्यार्थी, पारिवारिक पुनर्मिलनमा आएकाहरू तथा पर्यटककारूपमा बंगलादेशमा पुगेर अलपत्र परेका नेपालीहरूलाई प्राथिमिकतामा राखिएको छ ।

नेपाल फर्किन चाहनेहरुले आफ्नो विमान खर्च र फर्केपछि क्वारेन्टाइनमा बस्दा लाग्ने सम्पूर्ण खर्च स्वयंले व्यहोर्नुपर्ने छ ।

नेपाल आउनका लागि विमान भाडा १६५ अमेरिकी डलर अर्थात १४००० टाका (१९,९५८ नेपाली रुपैयाँ) लाग्ने पनि दूतावासले प्रष्ट पारेको छ । आइतबार नेपाल एयरलाइन्सको विमानले ढाकामा रहेका नेपाली काठमाडौँ ल्याउनेछ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  १२ : १३ बजे

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको