बालुवाटार प्रदर्शनमा प्रहरीको हस्तक्षेप, अश्रुग्यास र पानीको फोहोरा प्रहार (फोटो फिचर) « Khabarhub

बालुवाटार प्रदर्शनमा प्रहरीको हस्तक्षेप, अश्रुग्यास र पानीको फोहोरा प्रहार (फोटो फिचर)


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटार परिसरमा सरकारविरुद्ध प्रदर्शन भएको छ ।

प्रदर्शनकारीलाई तितरवितर बनाउन प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले पानीको फोहोरा तथा अश्रुग्याससमेत प्रहार गरेर प्रदर्शनकारीलाई हटाएको छ ।

सरकारले कोरोनाको महामारीको विषम परिस्थितिमा पनि पारदर्शी काम नगरेको, कोरोना नियन्त्रणमा प्रभावकारी काम नगरेको भन्दै सरकारविरुद्ध प्रदर्शन भइरहेको छ ।

प्रदर्शनकारीले कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेका छन् ।

देश अहिले कोरोना भाइरस स‌ंक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनमा छ । ११ चैतदेखि लकडाउन सुरु भययता यति धेरै संख्यामा प्रदर्शन भएको पहिलो पटक हो ।

उनीहरुले दुई दिन अघि पनि बालुवाटारमा प्रदर्शन गरेका थिए। सो प्रदर्शनमा पनि प्रहरीले बल प्रयोग गरेको थियो । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि आज झन धेरैको संख्यामा उपस्थित भएर सरकारविरुद्ध नाराबाजी गरिएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ४ : ४२ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका