सुदूरपश्‍चिममा ४ दिनको शिशुसहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

सुदूरपश्‍चिममा ४ दिनको शिशुसहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशमा बिहीबार थप २७ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप २७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

बाजुरामा पहिलो पटक ४ दिनको शिशुमा पनि कोरोना पुष्टि भएको छ । अस्पतालका अनुसार बाजुराका १८ जना, कैलालीका ७ जना र बझाङका दुईजनामा कोरोना पुष्टि भएको हो ।

बाजुराको बुढीगंगा नगरपालिकाकी ३ वर्षीया बालिका, १८, २१, २२, २६, ३६, ४० वर्षीया युवती र ४५ वर्षीया महिला तथा बुढिगंगा नगरपालिकाकै ४ दिनको शिशु, १४ वर्षीय बालक, २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुष गरी एकैदिन १७ जनामा संक्रमण देखिएको छ । बाजुराकै अर्को स्थानीय तह त्रिवेणी नगरपालिकाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पातलका अनुसार बझाङको थलारा गाउँपालिकाका ३४ वर्षीय पुरुष र बित्थडचिर गाउँपालिकाका ३० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

यसैगरी कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ५ का २०, २३, २३, २४, २४, २९ वर्षीय पुरुष र घोडाघोडी नगरपालिकाका ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । सुदूरपश्चिममा बिहीबार थपिएका सहित १ सय ९१ पुगेको छ ।

प्रदेशमा सबैभन्दा बढी कैलालीका ६७ जना, कञ्चनपुरमा ३४, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ९, बैतडीमा ६ र बाजुराका १८ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ५ : ४० बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी