नेपालले स्कटल्याण्डमा खेल्ने एक दिवसीय सिरिज स्थगित « Khabarhub

नेपालले स्कटल्याण्डमा खेल्ने एक दिवसीय सिरिज स्थगित


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले स्कटल्याण्डमा खेल्ने एक दिवसीय सिरिज स्थगित भएको छ ।

जुलाई ४ देखि ११ सम्म स्कटल्याण्डमा हुने भनिएको सिरिज कोरोना भाईरसको कारण स्थगीत गर्नुपरेको अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले जनाएको हो । कोरोना भाईरसको महामारीको कारण जुलाईमा तय भएको ६ खेलको एकदिवसीय सिरिज स्थगित भएको हो ।

सिरिजमा नेपाल सहित घरेलु टोली स्कटल्याण्ड र नामिबिया सहभागी हुने तय थियो । सिरिज जुलाई ४ देखि ११ सम्म हुने तालिका रहेको थियो । यस अघि आईसीसीले नामिबिया र पपुवा न्युगिनीमा तय भएको सिरिज स्थगित गरिसकेको छ ।

घरेलु टिम नामिबिया, नेपाल र स्कटल्याण्डबीचको सिरिज अप्रिल २० देखि २७ सम्म तय भएको थियो । यस्तै नेपाल, पपुवा न्युगिनी र युएईबीचको सिरिज जुन ९ देखि १६ सम्म हुने तय थियो ।

विश्वकप लिग–२ प्रतियोगिता सन् २०२३ विश्वकप छनोट प्रतियोगितामा पुग्ने सुनौलो अवसर हो । जहाँ ७ राष्ट्रले ३४ एकदिवसीय अन्तराष्ट्रिय म्याच खेल्ने गर्छन् । तालिकाको शीर्ष तीन टिमले सिधै विश्वकप छनोट खेल्न पाउने छन् ।

नेपालले यस अघि एक सिरिज खेलिसकेको छ । अमेरिका र ओमानसँगको सिरिजमा नेपालले ४ खेल खेल्दै २ मा जित र २ मा हार ब्यहोरेको छ। नेपाल ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ६ : ४८ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर