भारतले हाम्रो भूमि फिर्ता गर्नैपर्छ : मन्त्री अर्याल « Khabarhub

भारतले हाम्रो भूमि फिर्ता गर्नैपर्छ : मन्त्री अर्याल


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले नक्सा जारी गरेसँगै अब भूमि फिर्ता ल्याउनुपर्ने अवस्था रहेको बताएकी छिन् ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका काम कारवाही र हालसालै नेपाल सरकारले जारी गरेको नेपालको नक्सा सम्बन्धमा आयोजना गरेको बैठकमा बोल्दै उहाँले भारतसँग वार्ताद्वारा नै नेपालको अतिक्रमण गरिएको भूमि फिर्ता ल्याइने बताइन् ।

उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी भूमि नेपालको हो भन्ने सबै तथ्य प्रमाणहरु नेपालको पक्षमा रहेको उल्लेख गरिन । “सरकारले अतिक्रमण गरेको भूमिसहितको नक्सा जारी गरेको छ, जमिन फिर्ताका निम्ति सबै एकताबद्ध पनि भएका छौँ”, मन्त्री अर्यालले भनिन्, “सबै एकजुट भएर जाँदा हाम्रो भूमि फिर्ता गराउन सम्भव छ, त्यसरी नै अगाडि बढ्नुपर्छ ।”

उनले शक्तिशाली मुलुक भारतले नेपालजस्तो छिमेकीको मन नदुखाएर अगाडि बढ्नुपर्ने बताइन् । मन्त्री अर्यालले सबै छिमेकीसँग समान सम्बन्ध रहने र कसैलाई काखापाखाको व्यवहार नगरिने भन्दै नेपालको कूटनीतिक सम्बन्धहरु छिमेकीसँग समदूरीको नै रहने धारणा राखे ।

उनले आफूले नै नयाँ नक्सा जारी, सगरमाथाको उचाइ मापन, विगतमा हडपिएका सरकारी र सार्वजनिक जग्गा फिर्ता गर्ने अभियान सञ्चालन, भूमि बैंकको अवधारणा ल्याएको भन्दै प्रविधिको प्रयोगद्वारा दस्तावेजलाई डिजिटलाइज्ड गर्दै सबै सेवालाई अनलाइन सेवामा लैजाने अभियानमा लागेको बताइन् ।

 

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ७ : २१ बजे

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने