ओमानबाट सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा फर्कंदै नेपाली « Khabarhub

ओमानबाट सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा फर्कंदै नेपाली


२९ जेष्ठ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कोरोना भाइरसको महामारीका कारण ओमानमा अलपत्र परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा नेपाल फर्काइने भएको छ ।

ओमानस्थित नेपाली दूतावासले सस्तो भाडादरमा उनीहरुलाई नेपाल फर्काउने तयारी गरेको छ। दूतावासले सरकारले तय गरेको भाडादरभन्दा सस्तोमा नेपालीलाई स्वदेश फर्काउने व्यवस्था मिलाएको हो।

दूतावासले प्रतिव्यक्ति ११५ ओमान रियल तिर्ने गरी नेपाल फर्कने व्यवस्था मिलाएको जानकारी दिएको छ ।

सरकारले ओमानबाट स्वदेश फर्कन चाहने नेपालीले ५१० अमेरिकी डलर तिर्ने गरी सूची तयार पारेको थियो। तर ओमान दूतावासले उक्त मूल्यलाई पनि घटाएर नेपालीलाई घर पठाउन लागेको हो।

दूतावासको सूची अनुसार जुन १५ मा सलाम एयर मार्फत १८० जना नेपाली ११५ ओमानी रियल (करिव ३६ हजार) तिरेर फर्कदैछन्। त्यस लगत्तै २१ जुनमा १८० नेपाली फर्कने छन्।

ओमानबाट फर्कने नेपाली सबैको पीसीआर परीक्षण गरेर ल्याउने दूतावासले जनाएको छ।

दूतावासले सूचना जारी गर्दै सम्बन्धित सबैलाई आफूलाई पायक पर्ने कुनैपनि नजिकको परीक्षण केन्द्रमा परीक्षण गराउन आग्रह गरेको छ।

परीक्षण गराई नेगेटिभ रिपोर्ट प्राप्त हुनेहरूले सलाम एअरको कलसेन्टर २४२७२२२२ मा फोन गरी टिकट खरिद गर्न वा सो सम्बन्धी थप जानकारी लिन दूतावासले आग्रह गरेको छ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  १० : ४८ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का