ओमानबाट सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा फर्कंदै नेपाली « Khabarhub

ओमानबाट सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा फर्कंदै नेपाली


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कोरोना भाइरसको महामारीका कारण ओमानमा अलपत्र परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा नेपाल फर्काइने भएको छ ।

ओमानस्थित नेपाली दूतावासले सस्तो भाडादरमा उनीहरुलाई नेपाल फर्काउने तयारी गरेको छ। दूतावासले सरकारले तय गरेको भाडादरभन्दा सस्तोमा नेपालीलाई स्वदेश फर्काउने व्यवस्था मिलाएको हो।

दूतावासले प्रतिव्यक्ति ११५ ओमान रियल तिर्ने गरी नेपाल फर्कने व्यवस्था मिलाएको जानकारी दिएको छ ।

सरकारले ओमानबाट स्वदेश फर्कन चाहने नेपालीले ५१० अमेरिकी डलर तिर्ने गरी सूची तयार पारेको थियो। तर ओमान दूतावासले उक्त मूल्यलाई पनि घटाएर नेपालीलाई घर पठाउन लागेको हो।

दूतावासको सूची अनुसार जुन १५ मा सलाम एयर मार्फत १८० जना नेपाली ११५ ओमानी रियल (करिव ३६ हजार) तिरेर फर्कदैछन्। त्यस लगत्तै २१ जुनमा १८० नेपाली फर्कने छन्।

ओमानबाट फर्कने नेपाली सबैको पीसीआर परीक्षण गरेर ल्याउने दूतावासले जनाएको छ।

दूतावासले सूचना जारी गर्दै सम्बन्धित सबैलाई आफूलाई पायक पर्ने कुनैपनि नजिकको परीक्षण केन्द्रमा परीक्षण गराउन आग्रह गरेको छ।

परीक्षण गराई नेगेटिभ रिपोर्ट प्राप्त हुनेहरूले सलाम एअरको कलसेन्टर २४२७२२२२ मा फोन गरी टिकट खरिद गर्न वा सो सम्बन्धी थप जानकारी लिन दूतावासले आग्रह गरेको छ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  १० : ४८ बजे

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र