भारतीय सञ्चारमाध्यमको दूराशयपूर्ण एवं भ्रामक समाचारप्रति ध्यानाकर्षण : सञ्चार मन्त्रालय « Khabarhub

भारतीय सञ्चारमाध्यमको दूराशयपूर्ण एवं भ्रामक समाचारप्रति ध्यानाकर्षण : सञ्चार मन्त्रालय


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही भारतीय सञ्चारमाध्यमबाट नेपाल र प्रधानमन्त्रीको नाम जोडेर प्रकाशित/प्रसारित कपोलकल्पित, दूराशयपूर्ण एवं भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी पत्रकारिताका न्यूनतम विश्वव्यापी मूल्य मान्यता र अभ्याससँग मेल नखाने दूष्प्रचारयुक्त त्यस्ता सामग्रीले दुई देशबीचको मित्रवत् सम्बन्धमा प्रतिकूल प्रभाव पार्न सक्ने हुँदा सम्बन्धित सबै पक्ष संवेदनशील हुन जरुरी रहेको उल्लेख गरेको छ ।

‘आमसञ्चार माध्यमले समाचार प्रकाशन प्रसारण गर्दा सत्य, तथ्य र वस्तुपरक भई पेशागत आचारसंहिताको परिपालनामा स्वयं प्रतिबद्ध हुनुपर्छ भन्ने मन्त्रालयको मान्यता रहेको छ । कुनै पनि सञ्चारमाध्यमले देशको राष्ट्रियता एवं स्वाभिमानमा आँच पुर्‍याउने सामग्री उत्पादन, प्रकाशन र प्रसारण गर्नुहुँदैन भन्ने व्यवस्था प्रचलित कानून तथा आचारसंहितामा स्पष्ट नै रहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

नेपालका मर्यादित संस्था र नेतृत्वलाई लान्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केवल सेवाप्रदायकले जिम्मेवारी बोधका साथ स्वतःस्फूर्तरुपमा प्रसारण रोकेकामा मन्त्रालयले धन्यवादसमेत व्यक्त गरेको छ ।

आगामी दिनमा समेत सरोकारवालाबाट प्रचलित कानून तथा आचारसंहिता परिपालना गर्ने गराउने सन्दर्भमा निरन्तर सहयोग प्राप्त हुनेमा मन्त्रालयले विश्वास व्यक्त गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ७ : ४७ बजे

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको

महेश बस्नेत भक्तपुर–२ बाट चुनाव लड्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव महेश बस्नेत भक्तपुर

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत