कोरोनाको संक्रमणपछि विश्वभर नगदरहित कारोबारमा उल्लेख्य बृद्धि : आइएमएफ « Khabarhub

कोरोनाको संक्रमणपछि विश्वभर नगदरहित कारोबारमा उल्लेख्य बृद्धि : आइएमएफ


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाको संक्रमणपछि विश्वभर नगदरहित कारोबारमा अकल्पनीय बृद्धि भएको आइएमएफले जनाएको छ ।

५२ वटा उदीयमान बजार एवं विकासशील मुलुकमा डिजिटल कारोबारमा के–कस्तो प्रगति भएको छ भनेर गरेको अध्ययनले वित्तीय सेवाको डिजिटलीकरणमा उल्लेख्य वृद्धि भएको आइएमएफले जनाएको छ ।

आइएमएफका अनुसार फिनटेक (वित्तीय प्रविधि)मा विगत चार वर्षमा नभएको उपलब्धि कोरोना महामारीपछिका दुई महिनामै प्राप्त भएको छ ।

लाइब्रेरिया, घाना, कुवेत, म्यानमारलगायतका मुलुकले डिजिटल कारोबार एवं मोबाइल मनी सेवाको शुल्क घटाइदिएर कारोबारको सीमा बढाएको पाइएको छ ।

फिनटेक अर्थात् वित्तीय प्रविधि अहिले शिक्षा, खुद्रा बैंकिङ, विप्रेषणलगायतका विभिन्न क्षेत्रमा विस्तार भइरहेको छ । फिनटेक स्टार्टअपबारे रियल टाइम जानकारी दिने कम्पनी सिबी इन्साइट्सले सन् २०१६ मा फिनटेकका २६ स्टार्टअपमा १७ अर्ब ४० करोड लगानी गरेको थियो ।

तिनै २६ कम्पनीको मूल्य २०१७ मा बढेर ८३ अर्ब ८० करोड पुगेको  र, सन् २०१८ सम्म आइपुग्दा यी फिनटेक फर्महरूको मूल्य १ खर्ब ४८ अर्बमा चुलिएको इन्साइट्सको तथ्यांकले देखाएको छ ।

अमेरिकी राज्य पेन्सिलभेनियाको एक पर्यटकीय गन्तव्य चेस्टनट हिलका क्याफे र स्टोरका ७८ प्रतिशत कारोबार अहिले क्रेडिट कार्ड एवं अन्य विद्युतीय माध्यमबाट हुन थालेको छ ।

संक्रमणको त्रासले गत मार्च र अप्रिल महिनामा विकसित मुलुकका केही स्थानमा नगद कारोबार शून्यमा पुगेको थियो । विकसित मुलुकका अधिकांश स्थानमा कोरोना संक्रमणअघिको तुलनामा नगद कारोबार ३० देखि ४० प्रतिशतले घटेर डिजिटल कारोबारले स्थान लिएको आइएमएफले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ९ : १६ बजे

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने

काठमाडौं- बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि