बालुवाटारमा विपद् व्यवस्थापन समितिको बैठक : उद्धार, राहत र व्यवस्थापनाबारे छलफल हुँदै « Khabarhub

बालुवाटारमा विपद् व्यवस्थापन समितिको बैठक : उद्धार, राहत र व्यवस्थापनाबारे छलफल हुँदै


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटरमा अहिले विपद् व्यवस्थापन समितिको बैठक जारी छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेता सहभागी छन् ।

मनसुन सुरु भएसँगै देशभर बाढी पहिरोले पुर्‍याएको क्षति र जोखिम न्यूनीकरण गर्न चाल्नुपर्ने कदमका विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा सहभागीहरुले विपदमा परेकाहरुलाई तत्काल उद्धार, राहत र व्यवस्थापनको काम चुस्त बनाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

परिषदको बैठकपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदका सदस्यहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

पछिल्लो एक हप्तादेखि देशभर अविरल रुपमा परेको बर्षासँगै आएको पहिरोले ठूलो जनधनको क्षति भएको छ। शुक्रबारमात्रै देशभरमा २६ जनाको मृत्यु हुनुका साथै ४१ जना बेपत्ता रहेका छन्।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  १२ : २५ बजे

नितिश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

काठमाडौं- जनता दल युनाइटेडका प्रमुख नितिश कुमारले मंगलबार नेपालसँग सीमा

कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिका–२ कोल्टीमा आज इलाका

सन्तोषको स्पष्टीकरण- प्रलोपाको जिम्मेवारीबाट पन्छिसकेको छैन

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी अध्यक्ष परिषद्का सदस्य सन्तोष परियारले आफूले

नेपाललाई मध्य आययुक्त मुलुक बनाउने महत्वाकांक्षी लक्ष्य, ५ वर्षमा १५ लाख रोजगारी र ७ प्रतिशत आर्थिक वृद्धि सम्भव होला ?

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले संसद्मा प्रतिनिधित्व गर्ने ६ राष्ट्रिय

भ्रष्टाचारमाथि कडा प्रहार गर्ने सरकारको योजना, दलीय ट्रेड युनियन नराख्ने

काठमाडौं– वालेन्द्र शाह नेतृत्वको सरकारले संसद्मा प्रतिनिधित्व गर्ने ६ राष्ट्रिय