सन्तोषको स्पष्टीकरण- प्रलोपाको जिम्मेवारीबाट पन्छिसकेको छैन « Khabarhub

सन्तोषको स्पष्टीकरण- प्रलोपाको जिम्मेवारीबाट पन्छिसकेको छैन


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी अध्यक्ष परिषद्का सदस्य सन्तोष परियारले आफूले प्रलोपा छाडिनसकेको बताएका छन्। 

उनले पार्टीको फेसबुक ग्रुपमा बैठक कहिले बस्छ भन्ने बारे विभिन्न म्यासेजहरू आएकाले यथाशीघ्र बैठक बसेर निर्वाचन र पार्टीको आत्मसमीक्षा गर्नुपर्ने माग मात्रै राखेको र राजीनामा नदिएको बताएका छन्। 

परियारले खबरहबसँग कुरा गर्दै आफूले प्रलोपाको जिम्मेवारीबाट राजीनामा नदिएको स्पष्ट पारेका छन्। उनले राजीनामा दिनुपरे विधि र प्रक्रिया अनुसार दिने बताए पनि अहिलेसम्म राजीनामा दिने विषयमा नसोचेको दाबी गरेका छन्।

‘साथीहरूले म्यासेन्जरमा कहिले बैठक बस्छ कहिले समीक्षा हुन्छ भनेर प्रश्न राख्नुभएको थियो। विभिन्न व्यक्तिहरूले आफ्नो धारणा दिने क्रममा मैले पनि यसरी त हुँदैन बैठक बसौँ समीक्षा गरौँ नत्र भने गाह्रो होला । बैठक पनि नमस्ते र समीक्षा पनि नहुने हो भने त जिम्मेवारीमा बसिरहन हामीलाई पनि ठिक हुँदैन भन्ने किसिमले कुरा गरेको थिए। त्यसैलाई अतिरञ्जित बनाइएको हो।’ परियारले खबरहबसँग भने, ‘अहिलेसम्म धेरै साथीहरूले मौखिक रूपमा राजीनामा बुझाउनुभएको छ त्यसको विषयमा पनि छलफल गर्नुपर्छ। अरु निर्वाचनको समीक्षा र विभिन्न ठाउँमा दिनुपर्ने आर्थिक दायित्व पनि बुझाउनुपर्छ भन्ने किसिमले कुरा गरिएको हो। मैले पार्टी छोडेको होइन। छोड्नुपरे पनि बैठक बसेर विधिपूर्वक छोडिन्छ नि । तर अहिलेको अवस्थासम्ममा मैले प्रलोपा छोडेको छैन।’ 

परियारले चाँडै बैठक बसाल्नका लागि अध्यक्ष परिषद्का नेता जनार्दन शर्मा राम कार्की लगायतसँग छलफल भइरहेको समेत दाबी गरेका छन्। 
प्रलोपाबाट अध्यक्ष परिषद्का नेताहरू सुदन किराती, ओजस्वी भट्टराई लगायतले राजीनामा दिइसकेका छन्। बैठक बसेर उनीहरूको अहिलेसम्म राजीनामा स्वीकृति गरिसकेको अवस्था छैन।

परियारले पनि बैठकपछि राजीनामा गर्छन् भन्ने संकेत भने देखिएको छ। यसबारे प्रश्न गर्दा उनी अहिले नै अड्कल काट्नु आवश्यकता नरहेको बताउँछन्।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ४ : ५५ बजे

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा