नयाँ डाइर्भसन बनेपछि राजमार्ग सञ्चालन « Khabarhub

नयाँ डाइर्भसन बनेपछि राजमार्ग सञ्चालन


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग सञ्चालन भएको छ । नौ घण्टापछि नयाँ डाइर्भसन निर्माण भएपछि यातायात आवागमन सञ्चालन भएको हो ।

पूर्वी नवलपरासीको गैँडाकोट–९ थुम्सीस्थित खहरेखोलामा आएको बाढीले डाइभर्सन बगाएपछि आज बिहान ४ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो ।

दिउँसो १ बजेबाट सडक सञ्चालन भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।

बाटो बन्द भएपछि रोकिएका सवारी साधन गन्तव्यमा लागेका छन् । नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्शनले सडक विस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो ।

सोही कम्पनीले नयाँ डाइभर्सन बनाएको हो । हाल गैँडाकोटबाट दाउन्नेसम्मको ६४.४ किलोमिटर सडकखण्ड विस्तारको काम भइरहेको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ३ : ०० बजे

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको

महेश बस्नेत भक्तपुर–२ बाट चुनाव लड्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव महेश बस्नेत भक्तपुर

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत