नयाँ डाइर्भसन बनेपछि राजमार्ग सञ्चालन « Khabarhub

नयाँ डाइर्भसन बनेपछि राजमार्ग सञ्चालन


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग सञ्चालन भएको छ । नौ घण्टापछि नयाँ डाइर्भसन निर्माण भएपछि यातायात आवागमन सञ्चालन भएको हो ।

पूर्वी नवलपरासीको गैँडाकोट–९ थुम्सीस्थित खहरेखोलामा आएको बाढीले डाइभर्सन बगाएपछि आज बिहान ४ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो ।

दिउँसो १ बजेबाट सडक सञ्चालन भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।

बाटो बन्द भएपछि रोकिएका सवारी साधन गन्तव्यमा लागेका छन् । नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्शनले सडक विस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो ।

सोही कम्पनीले नयाँ डाइभर्सन बनाएको हो । हाल गैँडाकोटबाट दाउन्नेसम्मको ६४.४ किलोमिटर सडकखण्ड विस्तारको काम भइरहेको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ३ : ०० बजे

परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट

काठमाडौं– नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी

नागढुंगा सुरुङमार्ग सञ्चालनको तयारीमा (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ–धादिङ जोड्ने नेपालको पहिलो आधुनिक सडक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको

अमेरिका-इरानलाई पाकिस्तानले भन्यो- दुवै पक्ष संयमित हुनुपर्छ

इस्लामावाद – पाकिस्तानका परराष्ट्रमन्त्रीले अमेरिका र इरानबीचको शान्ति वार्ता सम्पन्न

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी