सलह कीरा फेरि नेपाल आउन सक्ने आँकलन | Khabarhub Khabarhub

सलह कीरा फेरि नेपाल आउन सक्ने आँकलन


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बालीनालीमा क्षति पुर्‍याउने फट्याङग्रा प्रजातिको सहलको झुन्ड फेरि नेपाल प्रवेश गर्ने आँकलन गरिएको छ।

यसअघि असार १५ गते नेपाल प्रवेश गरेका सलहका झुन्डले मुलुकका विभिन्न जिल्लामा अन्नबालीमा क्षति पुर्‍याए पनि अन्ततः अनुकूल मौसम नहुँदा तितिरवितिर हुनुका साथै मरेका थिए।

तर, भारतबाट फेरि सलहको झुन्ड आउनसक्ने प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ।

संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार हाल भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया क्षेत्रमा सलहका दुई वटा झुन्ड छन्। ती झुन्डले १ सय ५० हेक्टर क्षेत्रफलमा फैलिएको बताइन्छ।

‘यी झुन्ड हावाको बहावसँगै पूर्वतर्फ वाराणसी हुँदै मुजफ्फरपुर र दरभंगाको आसपासका क्षेत्र हुँदै नेपालको धनुषा,महोत्तरी, सर्लाही क्षेत्रमा प्रवेश गर्न सक्ने प्रक्षेपण गरिएको छ,’ प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले शनिबार जारी गरेको सूचनामा भनिएको छ।

केन्द्रका अनुसार भारतको राजस्थानका विभिन्न स्थानमा ठूलो संख्यामा रहेका झुन्ड पनि दक्षिण पश्चिमी वायुसँगै नयाँदिल्ली आसपासका क्षेत्र हुँदै उत्तर प्रदेशका मुरादावाद, बरेली तथा शाहजहाँपुर तर्फ अगाडि बढ्न सक्ने पूर्वानुमान छ।

सामान्यतयाः सलह पानी परेको बेला तथा रातिको समयमा स्थानान्तरण गर्दैन। तर, भारतमा देखिएका सलहका ती झुन्ड एक/दुई दिनमा धनुषा, महोत्तरी तथा सर्लाहीमा देखिने अनुमान गरिएको छ। त्यस्तै, आगामी दुई/तीन दिनमा सुदूरपश्चिम र प्रदेश ५ का दक्षिण, पश्चिमबाट सलह नेपाल प्रवेश गर्न सक्ने सम्भावना छ। ‘निरन्तर निगरानी गरी आवश्यक सावधानी तथा पूर्वतयारी समेत गर्नु गराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।

भारतकै राजस्थानको सिकर क्षेत्रमा करिब ४ सय हेक्टरमा सलहका ५ वटा झुण्ड छन्। ती झुन्ड राजस्थानको चुरु हुँदै पूर्वमा उत्तर प्रदेशको साहजाहाँपुर तथा सीतापुरतर्फ अगाडि बढ्न सक्ने पूर्वानुमान छ।

‘अनुकुल मौसम भएको अवस्थामा राजस्थानको मरुभूमि (पश्चिम) तर्फ जानुपर्ने यी परिपक्व हुँदै गरेका झुन्ड हावाको बहाबसँगै पूर्वतर्फ लाग्न सक्ने सम्भावना देखिएको छ,’ केन्द्रद्वारा जारी सूचनामा भनिएको छ, ‘हावाको बहाबसँगै स्थानान्तरण गर्न सक्ने भएकोले ती झुन्ड नेपाल प्रवेश गर्न सक्ने सम्भावना छ।’

केन्द्रले यसबारे जल तथा मौसम विज्ञान विभागसँग सहकार्य गरी पूर्वानुमान तथा निगरानीको काम भइरहेको जनाएको छ।

यसअघि असार १३ गते बिहान भारतको प्रतावगढ तथा वाराणसी आसपासमा आइपुगेको सलहको झुन्ड अर्को दिन लखनउ नजिक बाँसी पुगेको थियो। त्यसको अर्को दिन असार १५ गते सलहको झुण्डबाट छुट्टएिर आएको केही सलह नेपालमा देखा परेका थिए।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ३ : ०८ बजे

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका

सामुदायिक रेडियोलाई सरकारले सिध्याउन खोज्यो : अकोराव

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का

जी ७ को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी क्यानाडामा

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र जी ७ को सम्मेलनमा सहभागी हुन