बाढीले बागमतीले बाँध बगायो, बस्तीमा जोखिम बढ्यो « Khabarhub

बाढीले बागमतीले बाँध बगायो, बस्तीमा जोखिम बढ्यो


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- लगातार वर्षाका कारण सर्लाही र रौतहटको सिमाना भएर बग्ने बागमतीमा आएको बढीले बरहथवा नगरपालिका–१ हजरिया खर्सालघाटमा बाँध भत्काएको छ।

साथै बाढीले खेत कटान गर्न थालेपछि स्थानीयवासी चिन्तित भएका छन्। नगरपालिकाले १५ लाख रुपैयाँ लागतमा बनाएको डाइभर्सन तीन दिनअघि नै बगाएको हो।

मेयरले आफ्ना कार्यकर्ता पाल्न कमजोर डाइभर्सन बनाएकाले बाढीले बगाएको स्थानीयको आरोप छ। बजेट सकाउने बहानामा हतारमा कमजोर संरचना बनाउँदा बाढीको एकै झट्काले बगाएको बरहथवा नगरपालिका १ का बेनीकुमार रायमाझीले बताए।

त्यस्तै प्रदेशसभा सदस्य वीरेन्द्र सिंहको निर्वाचन क्षेत्र विकास कोषको २५ लाख रुपैयाँबाट नदी नियन्त्रण गर्न १२ सय मिटर बाँध बनाइएको थियो। उक्त बाँध बाढीले बगाएर सय मिटर मात्र बाँकी रहेको छ।

त्यस्तै बरहथवा नगरपालिकाको १५ लाख रुपैयाँमा डाइभर्सन र नदी नियन्त्रण कार्यालय परवानीपुर बाराको तर्फबाट केही रकम खर्च गरी तारजाली कस्ने काम भएको थियो।

शनिबार बिहानसम्म ती सबै संरचना नदीमा बाढीले बगाएर उखु, धान र मकै बाली लगाएको खेतीयोग्य जमिन पनि कटान गरेको बरहथवा नगरपालिका–२ का स्थानीय जोखु सहनीले जानकारी दिए।

उनका अनुसार नदीमा पानीको बहाव बढ्दै जाँदा बरहथवा नगरपालिकाको वडा नं. १, ३, ४, १४ र १५ का बस्तीहरु समेत जोखिममा परेका छन्। नदीले तीव्र रुपमा कटान गरिरहे पनि जनप्रतिनिधिहरुले चासो नदिएको भन्दै स्थानीय किसानहरु आक्रोशित बनेका छन्।

स्थानीयले यसबारे जानकारी गराउन बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो, प्रमुख प्रसाशकीय अधिकृत खीमबहादुर भुजेललाइ दसौं पटक फोन गर्दा पनि उनीहरुले फुर्सद नभएको बताएका वडा १ का अध्यक्ष रत्नबहादुर गिरीले बताए।

खर्सालघाट क्षेत्रमा बर्सेनि यस्तो समस्या आउने गरेको बताए स्थानीय बताउँछन्। गत वर्ष हजरिया क्षेत्रमा बागमतीमा आएको बाढीले किसानका सयौं बिगाहा जमिन कटान भएको थियो। वर्षा बढेसँगै सर्लाहीमा पानीको उचित निकास नहुनाले होचा भागहरु डुबानमा पर्ने गरेका छन्।

हरेक वर्ष डुबानको चपेटामा पर्ने सदरमुकाम मलङ्गवास्थित भाडसर क्षेत्रमा यो वर्ष पनि डुबान भएको छ। वर्षौंदेखि जीर्ण रहेका जिल्लाको पूर्व–पश्चिम हुलाकी राजमार्गसहित भित्री ग्रामीण सडकहरु लगातारको वर्षाले हिलाम्मे र जलमग्न भएका छन्।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले पानीको निकास नरहेका र खेतपाती हुने ठूला फाँटहरुमा पानी जमेको भए पनि ठूलो किसिमको कटान तथा डुबानको समस्या नरहेको बताए। जिल्लामा बाग्मती लखन्देही, फूलजोर, कालिन्जोर, मनुस्मारा, सफाहा, बाँके नदीमा बाँध नहुँदा बर्सेनि सयौं बिगाहा खेतीयोग्य जमिन कटान हुने गरेको छ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ३ : १८ बजे

चितवन अटो शोमा टाटा टियागो ईभी र पन्च ईभी हस्तान्तरण

काठमाडौं– आजबाट सुरु भएको दोस्रो ‘चितवन अटो शो २०२६’ मा

ठगीको अभियोगमा सात जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

सुकीलाई नजरबन्दमा सार्ने निर्णय, अन्तर्राष्ट्रिय छविमा केन्द्रित कदम

एजेन्सी– पाँच वर्षदेखि हिरासतमा राखिएकी अपदस्थ नेता आङ सान सुकीलाई

बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष स्थापना

काठमाडौं– प्रेस काउन्सिल नेपालले कार्यालय परिसरमा स्तनपान कक्ष तथा महिलामैत्री