म्याग्दीको पहिरोमा बेपत्ता २० जनाको शव भेटियो | Khabarhub Khabarhub

म्याग्दीको पहिरोमा बेपत्ता २० जनाको शव भेटियो


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको पहिरोमा परी बेपत्ता भएका २० जनाको शव फेला परेको छ । धवलागिरी, मालिका र रघुगंगा गाउँपालिकामा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका २० जनाको शव भेटिएको हो ।

बेपत्ताको खोजीमा परिचालन भएको नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीले पहिरोले पुरिएकाको शनिबार दिउँसो शव फेला पारेका हुन् ।

हालसम्म धवलागिरी–६ मराङका ११, मालिका–७ बिमका ८ र रघुगंगा–६ ठाडाखानीका १ जनाको शव भेटिएको प्रहरी निरीक्षक डाक्टर चौधरीले बताए।

उनका अनुसार धवलागिरी–६ कल्लेनीका १८ वर्षीय प्रकाश केसी, राम्चेका सुकना लामगादे, आशिष दामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मनबहादुर श्रीपाली, कमला श्रीपाली, सुरक्षा श्रीपाली र सुरज श्रीपालीको शव भेटिएको छ। यसअघि शुक्रबार पहिरोले पुरिएका मराङको ठूलोगाउँका ६२ वर्षीय तुलबहादुर केसीको शव भेटिएको थियो।

बिमकी बिष्णु शर्मा, इच्छा केसी, गौदेवी नेपाली, विशेष नेपाली, बिरबहादुर नेपाली, उनका ३ महिनाका छोरा, बिष्णु नेपाली, सन्दिप नेपालीको शव भेटिएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए।

लापु खोलाले बगाएर रघुगंगा–६ ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्यालको मृत्यु भएको थियो। मराङको रिखको पहिरोमा ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीय रितुकुमारी जुग्जाली, १० वर्षीया करिस्मा जुग्जाली, ८ वर्षीय कञ्चन जुग्जाली, ५ वर्षीय अर्जुन जुग्जाली, ५५ वर्षीया गौशरा जुग्जाली, २१ वर्षीया दिमा जुग्जाली, ३ वर्षीय दिप्ती जुग्जाली र १ वर्षीय दिवन जुग्जाली बेपत्ता छन्।

कल्लेनीका ५१ वर्षीय जनिमा केसी र १६ वर्षीय सबिन पुनको खोजी भइरहेको छ। दुखुखोलाले बगाएर बेपत्ता भएकी मालिका–६ की ४० वर्षीया गिता रोकाको अवस्था पनि अज्ञात छ। बेपत्ताको खोजी र उद्धारका लागि शनिबार बिहान सुरक्षाकर्मी घटनास्थल पुगेका हुन्। भौगोलिक बिकटता र प्रतिकुल मौसमका कारण २४ घण्टापछि मात्रै सुरक्षाकर्मी पुगेका हुन्।

पहिरोमा परेर घाइते भएका मराङका २ र बिमका १ जनाको ओमकुमारी शान्ति कोष र जिसी ग्रुपको समन्वयमा प्रभु एयरको हेलीकप्टरबाट उद्धार गरिएको छ। मराङकी २२ वर्षीया मञ्जिता श्रीपाली र ७ वर्षका सफल श्रीपालीलाई मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ। बिमका ४० वर्षीय पूर्ण परियारको बेनी अस्पतालमा उपचार भैरहेको छ। ताकममा २, कल्लेनीमा २ र राम्चेमा २ जना घाइतेको उद्दार गर्न बाँकी छ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ३ : ३५ बजे

भदौ १५ गते अठारौँ पुस्तकालय दिवस मनाउने तयारी

काठमाडौं- मुलुकभर रचनात्मक र सन्देशमूलक विविध कार्यक्रमसहित आगामी भदौ १५

रविको ‘कट आउट’ मा राखी बाँध्दै समर्थक (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कट आउटमा राखी

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वी फर्कँदै चार अन्तरिक्ष यात्री

एजेन्सी – पाँच महिना लामो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बसाइपछि

दुई २६ वर्षिय युवाहरुको आइटी कम्पनीले अष्ट्रेलियामा जित्यो प्रतिष्ठित अवार्ड

अष्ट्रेलिया – अष्ट्रेलियामा दुई युवाहरुले सञ्चालन गरेको आइटी कम्पनी आइटी

सिकार आरक्ष ढोरपाटनमा घोडा सफारी

गलकोट– नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटन उपत्यकामा घोडा