काठमाडौंमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि | Khabarhub Khabarhub

काठमाडौंमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा शनिबार थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आज मुलुकभर जम्मा ७० जना नयाँ संक्रमित थपिएका छन् । शनिबारसम्म कुल संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ ।

विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार २ सय ३९ जना संक्रमित उपचाररत रहेका छन् । शनिबार ४ सय ३१ गरी आजसम्म ८ हजार ४ सय ४२ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ४८ जनाको मात्रै पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । आजसम्म पीसीआर विधिबाट २ लाख ७९ हजार ५ सय ९९ जनाको पीसीआर परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा २४ हजार ९७ जना रहेका छन् ।

यसैबीच नेपालमा शनिबार काठमाडौंका २ सहित  ३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका १० शंंखमूलका ६० वर्षका पुरुषको असार २६ गते मृत्यु भएको हो । फोक्सोमा पानी जमेको र मृगौला रोगको कारण असार १६ गते पाटन अस्पताल भर्ना भएका उनको स्वाव संकलन गरी परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

यस्तै काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षका पुरुषको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । मृगौलाका विरामी उनको गत २५ गते निधन भएको हो । असार १९ गते ती पुरुष अस्पताल भर्ना भएका थिए । २१ गते स्वावको नमुना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

यस्तै सिन्धुपाल्चोक पाँचपोखरी-६ का ४५ पुरुषको पनि २५ गते नै निधन भएको छ । असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका उनीमा २२ गते कोरोना पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ५ : १९ बजे

उपकुलपतिका लागि आवेदन माग

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खुला प्रतिस्पर्धाकाबाट सहिद दशरथचन्द

मनास्लु पदमार्गमा आवतजावत खुला

गोरखा– उत्तरी गोरखाको मनास्लु पदमार्गमा आवतजावत खुला गरिएको छ । 

धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’

दमौली– यहाँको व्यास नगरपालिका-१४ स्थित प्रसिद्ध छाब्दीबाराही मन्दिर धार्मिक पर्यटकीय

भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान

काठमाडौं– एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २३ औँ संस्करणमा सहभागी हुन नेपाली

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं– नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिले पोखराको होटल वाटरफ्रण्टमा कम्पनीका प्रमुख