यी हुन् ५०० भन्दा बढी संक्रमित रहेका नेपालका ६ जिल्ला « Khabarhub

यी हुन् ५०० भन्दा बढी संक्रमित रहेका नेपालका ६ जिल्ला


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका विभिन्न ६ जिल्लामा ५ सय भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा गरी ६ जिल्लामा ५ सयभन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

अहिलेसम्म काेराेनामुक्त हुनेकाे सङ्ख्या कुल सङ्क्रमण पुष्टि भएकाेमध्ये आधाभन्दा धेरै रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३१ जना काेराेना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै नेपालमा काेराेना सङ्क्रमणलाई जितेर घर फर्किनेकाे सङ्ख्या आठ हजार चार सय ४२ पुगेकाे छ ।

त्यसैगरी नेपालका ६ वटा जिल्लामा कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भोजपुर, सोलुखुम्बु, धनकुटा, मुस्ताङ, हुम्ला र मनाङमा एक जना पनि सक्रिय सङ्क्रमित छैनन् ।

यी जिल्लामा यसअघि सङ्क्रमित भेटिए पनि सङ्क्रमण पुष्टि भएका सबै निको भएर डिस्चार्ज भएकाे मन्त्रालयले जनाएको छ ।

६ जिल्ला काेराेनामुक्त भएसँगै ७१ जिल्लामा काेराेना सङ्क्रमण सक्रिय रहेकाे मन्त्रालयले जनाएकाे छ ।

यसैबीच सरकारले काेराेना भाइरसकाे पीसीआर परीक्षण भने घटाउँदै लगेको छ । हरेक दिन साढे चार हजारको औसतमा परीक्षण गरिरहेको सरकारले शनिबार तीन हजार ६ सय ४८ जनाको मात्रै पीसीआर विधिबाट कोरोना परीक्षण गरेको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर गाैतमका अनुसार अहिलेसम्म पीसीआर विधिबाट दुई लाख ७९ हजार पाँच सय ९९ जनाको पीसीआर परीक्षण भएको छ । अहिले देशभरिका क्वरेण्टीनमा २४ हजार ९७ जना रहेका छन् ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ७ : ५८ बजे

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको

महेश बस्नेत भक्तपुर–२ बाट चुनाव लड्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव महेश बस्नेत भक्तपुर

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत