पार्टी एकता जोगाउन संघर्ष गरिरहेको छु – प्रचण्ड « Khabarhub

पार्टी एकता जोगाउन संघर्ष गरिरहेको छु – प्रचण्ड

'हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा म छैन'


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले शनिबार भरतपुर महानगरपालिका र माडी नगरपालिकाभित्र बाढी प्रभावित विभिन्न स्थानहरूको अवलोकनपछि माडीमा आयोजित भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

कोरोनाको प्रभाव र असर देखाएर केही तत्व पार्टी ध्वस्त बनाउन लागि परेको उनको भनाई थियो । ‘केही तत्व कहिले मलाई र कहिले प्रधानमन्त्री ओलीलाई उचाल्न सक्रिय छन् । तर हामी सँधैं एक छौं,’ उनले भने ।

एकतालाई जोगाउन संघर्ष गरिरहेको भन्दै उनले भने, ‘एकतालाई जोगाउन सतर्कतापूर्वक संघर्ष गरिरहेको छु । पार्टी नफुटोस् भन्नेमा हामी सचेत छौँ ।

उनले कार्यकर्ताहरुलाई पार्टी फुटिहाले जस्तो गरेर आरोप प्रत्यारोपमा नउत्रिन र एक ढिक्का हुन आग्रह गरे । उनले भने, ‘प्रधानमन्त्री ओली र म पार्टी भित्र स्वच्छ प्रतिस्पर्धामा छौं । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा म छैन ।’

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ७ : १७ बजे

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको

महेश बस्नेत भक्तपुर–२ बाट चुनाव लड्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव महेश बस्नेत भक्तपुर

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत