भरतपुर मेडिकल कलेजका चिकित्सकसहित चार पक्राउ « Khabarhub

भरतपुर मेडिकल कलेजका चिकित्सकसहित चार पक्राउ


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर- कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित चारजना पक्राउ परेका छन् ।

उनीहरुलाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले आज साँझ पक्राउ गरेको हो ।

कलेजका निर्देशक मनोहर प्रधानका अनुसार एक वर्षअघि गरिएको मिर्गाैला प्रत्यारोपणका विषयमा प्रमुख कार्यकारी निर्देशक डा सुप्रभात श्रेष्ठ, डा बालकृष्ण कालाखेती, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल र कानूनी सल्लाहकार रमेश काफ्लेलाई सोधपुछका लागि ब्यूरोले नियन्त्रणमा लिएको छ ।

कलेजको मानव अङ्ग प्रत्यारोपण समितिमा पाँचजना सदस्य रहेका छन् ।

उनीहरुबाहेक समितिका सदस्य सर्जन डा राकेश बर्मा भने आज फेला नपरेको प्रहरी स्रोतले जनाएको छ । प्रधानका अनुसार एक वर्षअघि काठमाडौँका एक पुरुषको मिर्गाैला प्रत्यारोपणको विषयलाई लिएर उनीहरुलाई अनुसन्धान गर्ने भन्दै नियन्त्रणमा लिइएको हो ।

प्रत्यारोपण भएका व्यक्ति नेपाली भएको र सरकारका सबै मापदण्ड पूरा गरेर प्रत्यारोपण गरिएको भए पनि के कति कारणले नियन्त्रणमा लिइएको हो भन्ने प्रस्ट नभएको बताए । हालसम्म सो मेडिकल कलेजले चार जनाको मृगौला प्रत्यारोपण गरेको जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ९ : २६ बजे

परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट

काठमाडौं– नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी

नागढुंगा सुरुङमार्ग सञ्चालनको तयारीमा (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ–धादिङ जोड्ने नेपालको पहिलो आधुनिक सडक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको

अमेरिका-इरानलाई पाकिस्तानले भन्यो- दुवै पक्ष संयमित हुनुपर्छ

इस्लामावाद – पाकिस्तानका परराष्ट्रमन्त्रीले अमेरिका र इरानबीचको शान्ति वार्ता सम्पन्न

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी