युट्युबर पोख्रेल पक्राउमा जेन-जी मुभमेन्टको आपत्ति, तत्काल रिहाइको माग « Khabarhub

युट्युबर पोख्रेल पक्राउमा जेन-जी मुभमेन्टको आपत्ति, तत्काल रिहाइको माग


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युट्युबर रोशन पोख्रेल पक्राउको विषयलाई लिएर जेन-जी मुभमेन्ट नेपालले कडा आपत्ति जनाएको छ । संगठनका प्रवक्ता विजय शाहले आइतबार एक विज्ञप्ति जारी गर्दै अभिव्यक्तिकै आधारमा गरिएको यो पक्राउ गलत र आपत्तिजनक भएको बताएका छन् ।

अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै यसको संरक्षण लोकतान्त्रिक व्यवस्थाको आधार भएको विज्ञप्तिमा जनाइएको छ । विचार र अभिव्यक्तिलाई अपराधका रूपमा लिने प्रवृत्तिले लोकतन्त्र कमजोर बनाउने चेतावनी समेत दिइएको छ ।

साथै, समान मापदण्डका आधारमा सबैमाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै एकतर्फी रूपमा व्यक्तिलाई लक्षित गरी गरिने कारबाही कानुनी राज्यको सिद्धान्त विपरीत भएको उल्लेख गरिएको छ ।

जेन-जी मुभमेन्ट नेपालले पोख्रेललाई तत्काल रिहा गर्न माग गर्दै नागरिकको बोल्ने अधिकारको संरक्षण गर्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्नेमा जोड दिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  १२ : ४५ बजे

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले