अझै हटेको छैन बाढी पहिरोको जोखिम : अहिलेसम्म १८४ को मृत्यु, ५४ बेपत्ता | Khabarhub Khabarhub

अझै हटेको छैन बाढी पहिरोको जोखिम : अहिलेसम्म १८४ को मृत्यु, ५४ बेपत्ता

सतर्क रहन आग्रह गर्दै मौसम विभागले पठायो ६ लाखभन्दा बढी एसएमएस


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । यस वर्ष मनसुन सुरू भएसँगै देशभर बाढी पहिरोबाट १ सय ८४ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै बाढी पहिरोमा पुरिएर ५४ जना व्यक्ति बेपत्ता भएको राष्ट्रिय जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यस वर्षको मनसुन १२ जुन (जेठ ३०) मा सुरू भयो । मनसुन सुरू भएसँगै देशका विभिन्न स्थानमा गएको पहिरोमा परी हालसम्म १ सय ७९ जनाले ज्यान गुमाएको र ४३ जना बेपत्ता रहेको प्राधिकरणका प्रवक्ता जनार्धन गौतमले खबरहबलाई जानकारी दिए ।

त्यस्तै जेठ ३० पछि बाढीमा परी ५ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता छन् ।

राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रमार्फत विभिन्न जिल्लाका सुचना संकलन गरी उद्धार तथा राहतको काम गरिरहेको प्रवक्ता गौतमले जानकारी दिए ।

‘उद्धार तथा राहतका लागि जिल्ला तथा स्थानीय तहबाट सुरक्षा निकाय परिचालन भइरहेका छन्’ उनले भने, ‘केन्द्रबाट केही सहयोग चाहिएको अवस्था राष्ट्रिय आपतकालीन कार्य सचालन केन्द्रमा सुचना आउने र त्यसको समाधन गृह मन्त्रालय र प्राधिकरणले गरिरहेको छ ।’

कोषमा जम्मा भएको रकम उद्धार र राहतमा

राष्ट्रिय विपद् व्यवस्थापन कोषमा १ अर्ब ५३ करोड रुपैयाँ जम्मा भएको गौतमले बताए ।

विपद्का लागि हरेक स्थानीय तहले पनि बजेट छुट्याउने गरेका छन् । जिल्ला तथा प्रदेश विपद् व्यवस्थापन कोषमा पनि रकम जम्मा हुने गर्छ ।

विपद्मा ज्यान गुमाउनेका परिवारलाई एक लाख रुपैयाँ दिन, घाईते उद्धार र उपचार गराउन, तत्काल पुनस्थापना गर्नु परे कोषको रकम खर्च हुने गरेको छ ।

घर पुर्ण रुपमा क्षति भएको र बस्नै नसक्ने अवस्थाका मानिसहरुलाई १० हजारदेखि १ लाख रुपैयाँ बसोबासका लागि दिइरहेको बताउँदै उनले भने, ‘खाना बस्न नभएकाहरु, परिवारका ५ जना सदस्य भएकाहरुलाई १५ हजार र त्योभन्दा बढी सदस्य भएका परिवारलाई २० हजार रुपैयाँ राहत स्वरुप दिइरहेको छ ।’

त्यस्तै एउटा परिवारको ५ सदस्य नै विपद्मा ज्यान गुमाएका छन् भने पहिलो सदस्यलाई २ लाखका दरले र अन्यलाई प्रतिव्यक्ति १/१ लाखका दरले मापदण्डअनुसार राहत दिइएको उनले बताए ।

सर्तक रहन आग्रह गर्दै एसएमएस

दोलखाको गौरीश्कर गाउँपालिकाका मोहन बस्नेतको मोवाइलमा गत बिहीवार राति ९ बजे एसएमएस आयो ।

एसएमएसमा लेखिएको थियो, ‘दोलखा जिल्लाकोे तामोकोशी जलाधारमा भारी वर्षा भई तामोकोशी नदीको गंगोर, जगत, सिंगटी, बाटी मापन केन्द्रमा जलसतह बढेको छ । तामोकोशी तटीय क्षेत्र र दोलखा जिल्लका साना नदी तटिय क्षेत्रमा उच्च सर्तकता साथ सुरक्षित रहनुहोला ।’

जल तथा मौसम विज्ञान विभागले पठाएको यो एसएमएस पढ्नासाथ बस्नेत झस्किए । परिवारलाई लिएर उनी केही पर आफन्तको घरमा बस्न पुगे ।

नदीको छेउमा घर भएका बस्नेतले यो सुचना आफुले मात्र पढेनन् । उनले छरछिमेकीलाई समेत सुरक्षित स्थानमा सर्न र सजकता अपनाउन एसएमएसलाई पढेर सुनाएको बताए ।

‘पहिरो आउनुपूर्व जानकारी प्राप्त भएकाले विपद्बाट बच्न सक्यौं’ खुसी हुँदै उनले भने, ‘बाढी पहिरो नगएपनि जानकारी यसरी पाइयो भने सारा बस्ती नै सुरक्षित स्थानमा पनि सर्न सक्ने भइयो !’

वर्खा सुरू भएसँगै जल तथा मौसम विज्ञान विभागले जोखिम वस्तीमा रहेका नागरिकलाई सुरक्षित रहन एसएमएसमार्फत सुचना दिदैं आएको छ ।

हालसम्म ६ लाखभन्दा बढी एसएमएसमार्फत समुदायका मानिसलाई सुरक्षित रहन सुचना पठाइएको विभागले जनाएको छ ।

विपद् व्यवस्थापनको पूर्वतयारी भएन, सचेत बनौं

गत वर्ष भदौंको दोस्रो साता मौसम बाहिरिएको थियो । त्यही अनुरुप नै हेर्दा पनि अझैं तीन साता मनसुन सक्रिय हुने देखिन्छ ।

शनिबारदेखि सक्रिय रुपमा देखिएको मनसुनका कारण सुदुरपश्चिम प्रदेशका विभिन्न स्थानमा जोखिम बढेको विपद् व्यवस्थापन विज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिए ।

विकसित मुलुकको तुलानामा नेपालले विपद् व्यवस्थापनको पुर्वतयारी गर्न नसकेको बताउँछन् उप्रेती ।

‘जल तथा मौसम विभागले मनसुनको सुचना जारी गर्यो पानी पर्छ, ढल कहाँ-कहाँ जाम भयो, कुन ठाउँबाट मानिसहरुलाई उद्धार गर्ने भन्ने कुरामा पूर्वतयारी हुन जरुरी छ ।’

उनकाअनुसार मनसुन सक्रिय हुँदा पहाडी क्षेत्र उच्च जोखिममा पर्ने गर्छन् । त्यस्तै तल्लो तटीय क्षेत्रमा पनि बाढी आउने र बस्ती ढुवानमा परिरहेका छन् ।

‘अहिले निरन्तरको वर्षाले स-साना नदीहरु पनि बढेका छन् । नदीको किनाराको आसपासमा बस्नेहरु यसबाट प्रभावित बनेका छन्’ उनले भने, ‘कर्णालीको नदी किनारा, मोहनाको नदी किनार, कोशी, कन्काई, राप्ती, कमला लगायतका नदी आसपासका बस्ती बाढीको जोखिममा छन् ।’

‘पहाडबाट झरेको पहिरो बगाएर लैजान्छ, बाढीको इन्टेनसिटी बढी भइदिन्छ जसको फलस्वरुप नदी आसपासका क्षेत्र डुबानमा पर्छन्’ उनले थप्दै भने ‘डुबानसँगै किसानले लगाएका बाली समेतलाई असर पार्छ ।’

निश्चित समयमा परेको मात्राका आधारमा जस्तै- एक, तीन, छ, बाह्र वा चौबीस घण्टामा कति पानी पर्‍यो भन्ने हिसाबले वर्षा नापिन्छ ।

जल तथा मौसम विज्ञान विभागले नेपालमा १ घण्टामा ६० मिलिमिटर, तीन घण्टामा ८० मिलिमिटर, छ घण्टामा १०० मिलिमिटर, बाह्र घण्टामा १२० मिलिमिटर वा चौबीस घण्टामा १४० मिलिमिटर भन्दा बढी वर्षा भए पहिरो, बाढी जस्ता प्रकोप हुन सक्ने भनी पूर्वानुमान गरिन्छ । यदि यी अवधिमा उल्लेखित भन्दा बढी पानी पर्‍यो भने बाढी पहिरो जान सक्छ भनेर सूचना जारी गरी सचेत गराइन्छ ।

यद्यपि बाढीको पूर्वानुमान भएपनि पहिरोको पूर्वानुमान गर्न नसक्दा वर्षेनी मानिसले ज्यान गुमाउने गरेको उनले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १ : ०७ बजे

हुलाकलाई व्यावसायिक बनाउन सरोकारवालाको जोड

गोरखा– हुलाक सेवालाई सेवासँगै व्यावसायिक बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्

देउमाई : एमालेको गढमा घण्टीको आवाज

इलाम-  उपनिर्वाचनको मतगणनामा निराशाजनक स्थितिमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्छौँ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै

समितिको निष्कर्ष : दुर्गा प्रसाईंको हतियार इजाजत दिन मिल्ने खालको होइन

काठमाडौं- गृह मन्त्रालयले गठन गरेको हतियारको इजाजत तथा नवीकरण सम्बन्धी

‘बोक्सीको घर’ ले तीन दिनमा कति कमायो ?

काठमाडौं–  अभिनेत्री केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ ले सुरुवाती तीन