जनता समाजवादीको विज्ञप्तिप्रति प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको आपत्ति « Khabarhub

जनता समाजवादीको विज्ञप्तिप्रति प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको आपत्ति


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले हालै जनता समाजवादी पार्टी नेपाल (जसपा)ले जारी गरेको विज्ञप्तिप्रति कडा आपत्ति जनाएका छन्।

प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा रहेको अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक रहेको थापाले उल्लेख गरेका छन्।

थापाले सामाजिक सञ्जाल मार्फत प्रेस नोट सार्वजनिक गर्दै जसपाको विज्ञप्तिप्रति आपत्ति जनाएका हुन् ।

जसपाले २५ साउनमा जारी गरेको विज्ञप्तिमा, ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको र वर्तमान सरकार बनेदेखि नै संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायतका पक्षलाई कमजोर पार्ने षड्यन्त्रसहित पहिचान र अधिकारका लागि जनताले उठाएका मागलाई जातिवादको रूपमा चित्रण गर्ने कार्य गरेर देशभित्र विभाजनको विऊ रोप्ने कार्य गर्दैछ’ भनेर लेखिएको थियो।

जसपाको यही भाषामा आपत्ति जनाउँदै थापाले भनेका छन्, ‘पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलौज मात्र हो र सोंचको दिवालियापन नै हो ।’

थापाले फेसबुकमा राखेको जसपाको विज्ञप्ति र खण्डन

राजनीतिमा हुने विवाद, मतभेद र असहमतिलाई स्वाभाविक नै मानिने भएपनि त्यसै आधारमा यसस्तरको अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ ? भन्दै थापाले प्रश्न गरेका छन्। उनले शीशाको घरमा बसेर ढुंगा हान्नेहरू आफैं असुरक्षित र पतन हुनु अनिवार्य रहेको उल्लेख गरेका छन्।

‘जागृति, चेतना, संस्कार र सदाचारका मानकहरू सम्बन्धित व्यक्तिअनुरूप नै व्यवहारमा अभ्यास गरिने र भिन्नाभिन्नै हुने यथार्थ हरेक समाजका सचेत व्यक्तिलाई अवगत नै रहिआएको छ’, थापाले थप लेखेका छन्, ‘तसर्थः जसपाको औपचारिक विज्ञप्तिमा प्रधानमन्त्रीप्रति प्रयोग गरिएको भाषा निन्दनीय रहेकोतर्फ सम्बन्धित सबैलाई स्पष्ट गर्दछु।’

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ९ : ५१ बजे

गृहमन्त्रीमाथि पद्माको आरोप : लोकतान्त्रिक मूल्य-मान्यताको खिल्ली उडाए

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान