इन्टरनेट ढिलो चल्यो ? यसरी थाहा पाउनुहोस् वाईफाई कनेक्सन « Khabarhub

इन्टरनेट ढिलो चल्यो ? यसरी थाहा पाउनुहोस् वाईफाई कनेक्सन


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामीले प्रयोग गर्ने इन्टरनेटको कनेक्सन थुप्रै कारणले सुस्त भएको हुनसक्छ । अरुले हाम्रो वाईफाईको कनेक्सन चोरेको कारणले पनि यस्तो हुन सक्छ ।
वाईफाई चोरी भएको हो कि होइन भनेर थाहा पाउनको लागि आज हामीले तपाईलाई केही उपायहरुको प्रयोग बारे जानकारी दिएका छौं ।

आफ्नो राउटर जाँच गर्ने

यो सबैभन्दा सजिलो प्रक्रिया हो । तपाईँले पक्कै पनि राउटरमा विभिन्न किसिमको बत्ती बलेको देख्नु भएको होला ।

यसको लागी पहिले आफ्नो सबै डिभाइसलाई डिस्कनेक्ट गर्नुपर्छ र त्यसपछि पनि बत्ती बलिनै रहेको छ भने कोही वाईफाई सँग जोडिएको छ भन्ने बुझिन्छ । तर यो प्रक्रियाले भने आफ्नो शङका प्रमाणित हुने मात्र हो । वाईफाई प्रयोगकर्तालाई रोक लगाउन भने सकिदैन् ।

आफ्नो डिभाइस राउटर लिस्ट जाँच गर्ने

राउटर लिस्ट भने राउटरको एडमिनिस्ट्रेटिभ कन्सोल भित्र पाइन्छ र यसको पहुँचमा भने हामी राउटर कन्सोलमा लग इन गरेर पुग्न सक्दछौँ । यसो गर्नका निम्ति आफ्नो वेभ ब्राउजरमा राउटरको आइपी ऐड्रेस हाल्ने र त्यहाँ एउटा पेजमा आफ्नो राउटर कुन कुन डिभाइस सँग कनेक्ट भएको छ भन्ने देखाँउछ ।

यो पेज ‘डिभाइस म्यानेजर या ‘कनेक्टेड डिभाइस’ भनेर देखाउँछ । यहाँ बाट कुनै नचाहिने डिभाइसले पहुँच पाएको छ कि भन्ने थाहा हुन्छ । नेटवर्क मनिटरिङ् टूलको मद्दतले पनि थाहा पाउन सकिन्छ ।

वाईफाईलाई कसरी जोगाउने ?

वास्तवमै कसैले वाईफाईमा पहुँच पाएको छ भन्ने थाहा पाए पछि सबै भन्दा पहिले आफ्नो सेक्यूरिटी प्रोटोकल जाँच्नुपर्छ । यदि डब्लईपी र डब्लुपीए जस्ता प्रोटोकल छन् भने तिनीहरुलाई नँया डब्लुपीएटू एइएस सँग परिवर्तन गर्नुपर्छ ।

यो गरेसँगै बलियो पासवर्ड पनि राख्नुपर्छ र हरेक दुई महिनामा परिवर्तन गरिरहनुपर्छ । जसले गर्दा कसैले वाईफाईमा पहँच पायो भने दुई महिना पछि पाउने छैन ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १० : १४ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले