इन्टरनेट ढिलो चल्यो ? यसरी थाहा पाउनुहोस् वाईफाई कनेक्सन | Khabarhub Khabarhub

इन्टरनेट ढिलो चल्यो ? यसरी थाहा पाउनुहोस् वाईफाई कनेक्सन


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामीले प्रयोग गर्ने इन्टरनेटको कनेक्सन थुप्रै कारणले सुस्त भएको हुनसक्छ । अरुले हाम्रो वाईफाईको कनेक्सन चोरेको कारणले पनि यस्तो हुन सक्छ ।
वाईफाई चोरी भएको हो कि होइन भनेर थाहा पाउनको लागि आज हामीले तपाईलाई केही उपायहरुको प्रयोग बारे जानकारी दिएका छौं ।

आफ्नो राउटर जाँच गर्ने

यो सबैभन्दा सजिलो प्रक्रिया हो । तपाईँले पक्कै पनि राउटरमा विभिन्न किसिमको बत्ती बलेको देख्नु भएको होला ।

यसको लागी पहिले आफ्नो सबै डिभाइसलाई डिस्कनेक्ट गर्नुपर्छ र त्यसपछि पनि बत्ती बलिनै रहेको छ भने कोही वाईफाई सँग जोडिएको छ भन्ने बुझिन्छ । तर यो प्रक्रियाले भने आफ्नो शङका प्रमाणित हुने मात्र हो । वाईफाई प्रयोगकर्तालाई रोक लगाउन भने सकिदैन् ।

आफ्नो डिभाइस राउटर लिस्ट जाँच गर्ने

राउटर लिस्ट भने राउटरको एडमिनिस्ट्रेटिभ कन्सोल भित्र पाइन्छ र यसको पहुँचमा भने हामी राउटर कन्सोलमा लग इन गरेर पुग्न सक्दछौँ । यसो गर्नका निम्ति आफ्नो वेभ ब्राउजरमा राउटरको आइपी ऐड्रेस हाल्ने र त्यहाँ एउटा पेजमा आफ्नो राउटर कुन कुन डिभाइस सँग कनेक्ट भएको छ भन्ने देखाँउछ ।

यो पेज ‘डिभाइस म्यानेजर या ‘कनेक्टेड डिभाइस’ भनेर देखाउँछ । यहाँ बाट कुनै नचाहिने डिभाइसले पहुँच पाएको छ कि भन्ने थाहा हुन्छ । नेटवर्क मनिटरिङ् टूलको मद्दतले पनि थाहा पाउन सकिन्छ ।

वाईफाईलाई कसरी जोगाउने ?

वास्तवमै कसैले वाईफाईमा पहुँच पाएको छ भन्ने थाहा पाए पछि सबै भन्दा पहिले आफ्नो सेक्यूरिटी प्रोटोकल जाँच्नुपर्छ । यदि डब्लईपी र डब्लुपीए जस्ता प्रोटोकल छन् भने तिनीहरुलाई नँया डब्लुपीएटू एइएस सँग परिवर्तन गर्नुपर्छ ।

यो गरेसँगै बलियो पासवर्ड पनि राख्नुपर्छ र हरेक दुई महिनामा परिवर्तन गरिरहनुपर्छ । जसले गर्दा कसैले वाईफाईमा पहँच पायो भने दुई महिना पछि पाउने छैन ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १० : १४ बजे

झलनाथकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटियो

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी

निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौं– निर्वाचन आयोगले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न मतदाता

अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने

काठमाडौं– अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने भएको छ

जेन-जी आन्दोलनको प्रभाव : नेप्सेमा लाग्यो ‘आगो’

काठमाडौं– भदौ २३ र २४ गते जेन-जी पुस्ताका युवाहरूले सरकार

भारतमा ‘मस्तिष्क खाने’ ब्रेन इटिङ अमिबाको सङ्क्रमण बढेपछि स्वास्थ्य चेतावनी

नयाँ दिल्ली- दक्षिणी राज्य केरलामा दुर्लभ पानीजन्य ‘मस्तिष्क खाने’ ब्रेन