आईसीयूमा उपचाररत ६० वर्षे कोरोना संक्रमितको मृत्यु « Khabarhub

आईसीयूमा उपचाररत ६० वर्षे कोरोना संक्रमितको मृत्यु


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत कोरोना संक्रमित ६० वर्षे पुरुषको मृत्यु भएको छ । आईसीयूमा उपचाररत विदेह नगरपालिका–८ का उनको गएराति मृत्यु भएको हो ।

उनको उपचारकै क्रममा मृत्यु भएको जानकारी आएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

१८ दिन अघि अस्पताल भर्ना भएका उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो। क्षयरोग पीडित उनको उपचारकै क्रममा गएराति मृत्यु भएको कोभिड–१९ अस्पतालका संयोजक डा.जामुनप्रसाद सिंहले जानकारी दिए ।

कुनै ट्राभल हिस्ट्री नभएका उनमा कोरोना संक्रमण पुष्टि भएपछि धनुषामा कोरोना समूदायस्तरमै फैलिएको अनुमान गर्न सकिने प्रजिअ भट्टराईले बताए ।

योसँगै धनुषामा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। त्यस्तै, देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ। उनको मृत्युको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आधिकारिक पुष्टि गर्न बाँकी छ ।

मृतकको शव अस्पताल मै राखिएको छ । सुरक्षाकर्मीको टोलीले शवको व्यवस्थापन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १० : ४३ बजे

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि

लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा पक्राउ परेका जेनजी अभियन्ता २२ दिनपछि छुटे

काठमाडौं । लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा माइतीघर मण्डलाबाट पक्राउ

सरकार र दुर्गा प्रसाईंको समूहबीच वार्ता सुरु

काठमाडौं- नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

टोकियो- पूर्वी जापानको चिबा प्रिफेक्चरमा गत साता परेको कीर्तिमानी मुसलधारे