सँधै बहिनीको भूमिकामा देखिने अभिनेत्री नजीमा, २७ वर्षकै उमेरमा बिदा भइन « Khabarhub

सँधै बहिनीको भूमिकामा देखिने अभिनेत्री नजीमा, २७ वर्षकै उमेरमा बिदा भइन


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडमा सन् १९६० देखि ७० को दशककी चर्चामा आउने अभिनेत्री हुन् नजीमा ।

आफ्नो जीवनकालमा नजीमाले ३० भन्दा बढि फिल्ममा अभिनय गरेकि थिइन् । तर फिल्मी करीयरमा अगाडी बढ्दै गर्दा अचानक उनी प्राणघातक रोगको शिकार भइन् । २७ बर्षको कलिलो उमेरमै उनले संसार छोडिन ।

फिल्मी दुनिँयामा नजीमालाई बहिनी वा अभिनेत्रीको साथीको रुपमा प्रस्तुत गरियो । उनको सोझो र सुन्दर अनुहारले हिरोको बहिनीको रोलमा उनलाई बढि राखिन्थ्यो । तर अधिकाशं फिल्ममा निर्देशक र निर्माता उनलाई बलत्कारको दृश्यमा अभिनय गराउँथे ।

सन् १९४८ मा नासिकमा जन्मिएकी नजीमाको अभिनयप्रति झुकाव थियो । उनले बालकलाकारका रुपमा बेबी चान्द, हम पंक्षी एक डाल लगायतका फिल्ममा अभिनय गरिन् । उनको अभिनयका कारण उनी बलिउडमा सफल हुदै गइन् ।

सन् १९६० देखि ८० को दशकमा हिन्दी फिल्ममा बलात्कारको सिन समावेश गर्ने होड चलेको थियो । यस समयमा महिलाहरु घर र समाजमा घरेलु र समाजिक उत्पिडन र हिंसाको शिकार हुन्थे । सोहि बिषयले फिल्मी पर्दामा प्रवेश पायो ।

जसमा निर्माता र दर्शक दुबै फिल्ममा बलात्कार दृष्य चाहान्थे । जसका लागी नजीमा पहिलो विकल्प बन्न थालिन् । नजीमा बलिउडकी एक मात्र यस्ती अभिनेत्री थिइन् जसमाथि सबैभन्दा बढि बलात्कारको दृष्य सुट गरियो ।

नजीमाको फिल्मी करियरको चर्चा गर्दा उनले निशान, आरजू, दिल्लगी, तमन्ना, अनजाना लगायतका सुपरहिट फिल्ममा सपोर्टिंग रोल निर्वाह गरिन् । अधिकाशं फिल्ममा उनी बहिनीको भुमिकामा हुन्थिन ।

सन् १९७२ मा उनले मनोज कुमारका साथमा बेईमानमा शानदार अभिनय गरिन् । सोहि फिल्मबाट उनले फिल्म फेयर अवर्ड समेत प्राप्त गरिन् ।

नजीमाको अन्तिम फिल्म लव एण्ड गड थियो । यो फिल्म उनको मृत्यु पश्चात रिलिज भएको थियो । तर दु:खको कुरा उनको उदाउँदो फिल्मी करियरलाई क्यान्सरले गलायो । जसका कारण मात्र २७ बर्षको उमेरमा उनको सन् १९७५ मा मृत्यु भयो ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ११ : ०९ बजे

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा – सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार

डेङ्गु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न निर्देशन

काठमाडौं – सरकारले यसवर्ष पनि गर्मीयाम सुरुसँगै डेङ्गुको उच्च जोखिम

न्यायप्रणाली लयमा फर्किएको छ : प्रधानन्यायाधीश राउत

नेपालगञ्ज – प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायिक क्षेत्रमा राम्रो समन्वय भएका

ऊर्जा खर्च कम गर्न ट्रम्पले गरे सामुद्रिक पारवाहन कानुन अस्थायी रूपमा खारेज

वासिङ्टन । इरानमाथि अमेरिका–इजरायल आक्रमणका कारण मध्यपूर्व युद्धमा फसेपछि बढेको

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली – हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति