बारा र पर्सामा थप ७० जनामा कोरोना पुष्टि « Khabarhub

बारा र पर्सामा थप ७० जनामा कोरोना पुष्टि


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – बारा र पर्सामा गरी आज थप ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

ज्वरो आएर वीरगञ्जमा रहेको नारायणी अस्पतालको प्रयोगशालामा गएर आफैँ परीक्षण गराएका २१ जना डाक्टर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै नारायणी अस्पतालकै प्रयोगशालामा बाराका ५ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण देखिएकामध्ये नारायणी अस्पतालको ओपीडीमा कार्यरत वीरगञ्ज–३ प्रगतिनगरका ३३ वर्षीय र बारा नकटुवाका ४५ वर्षीय पुरुष, अस्पतालकै पेड्रियाट्रिक वार्डमा कार्यरत बारा पथलैयाका २३ वर्षीय पुरुष र अस्पतालकै क्वार्टरमा बस्दै आएकी ३५ वर्षीया महिला छन् ।

त्यसैगरी अस्पतालकै कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा परेका ५ वर्षीया बालिका, ३३ वर्षीया महिला र ५६ वर्षीय पुरुषमा पनि सङ्क्रमण देखिएको छ । त्यसैगरी नेशनल मेडिकल कलेजमा कार्यरत ३१ र ३० वर्षीय दुई जना डाक्टर र २३ वर्षीय एक युवकमा पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये ६ जना प्रहरी छन् । वडा प्रहरी कार्यालय बिर्तामा कार्यरत ५ जना र जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत १ जना प्रहरी कर्मचारीमा पनि सङ्क्रमण देखिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरकाअनुसार योसँगै पर्सा जिल्लामा ३२ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको पीसीआर ल्याबले जनाएको छ । पर्साको जगरनाथपुर गाउँपालिका-३ का ३० वर्षीया महिला र ३ वर्षीया बालिका, बाराको जितपुर सिमरा उपमहानगरपालिकाको सिमरा करेन्टिन ४५ वर्षीय पुरुष र बाराको निजगढमा कार्यरत ३० वर्षीय सशस्त्र प्रहरी जवानमा कोरोना देखिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ११ : २६ बजे

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा

अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा

आज देशभर बीसौँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं– बीसौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर

इजरायल-लेबनान युद्धविराम तीन साता थपिएको ट्रम्पको घोषणा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको कमजोर

नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव

काठमाडौं– प्रतिनिधिसभा नियमावली सांसदको विशेषाधिकारको रूपमा अघि बढाउन प्रस्ताव गरिएको