सिंहदरबारको पूर्वीढोकामा स्यानिटाइजर बुथ स्थापना | Khabarhub Khabarhub

सिंहदरबारको पूर्वीढोकामा स्यानिटाइजर बुथ स्थापना


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ उपत्यकामा कोभिड–१९ महामारीको जोखिम बढेसँगै स्वास्थ्य सावधानी र सचेतना फैलाउन युवा समूह सक्रिय भएका छन् ।

कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारको पूर्वी ढोका अनामनगरमा स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

फिल्म वितरक तथा जागौँ युवा अभियानका अध्यक्ष करण श्रेष्ठको पहलमा पूर्वी ढोका परिसरमा स्यानिटाइजर बुथ रखिएको हो । उक्त बुथको आज एक कार्यक्रमबीच हास्य कलाकार दीपकराज गिरी, अनामनगर प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत, गुण सिनेमा प्रालिका सञ्चालक महेशप्रसाद किजु र अभियानका अध्यक्ष करन श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे ।

सिंहदरबार परिसरमा आवतजावत गर्ने सर्वसाधरणले उक्त बुथबाट हात स्यानिटाइज गर्न सक्नेछन् । जागौँ युवा अभियानद्वारा अनामनगरमा वृक्षरोपनसँगै कोरोना भाइरसको जोखिम बढेसँगै मास्क वितरण र जनचेतना फैल्याउने काम भइरहेको छ ।

अभियानका अध्यक्ष श्रेष्ठले आफू रहने स्थल र टोलहरुमा सबैले यस्तै स्यानिटाइजर बुथको स्थापना गर्न सकिए कोरोनाको जोखिमलाई केही कम गर्न सकिने बताए । यस्ता अभियानमा युवापुस्तालाई प्रेरित गर्न लागिपरेको पनि उनले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  २ : ४६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका