हेलिकप्टरमार्फत गर्भवतीको उद्धार « Khabarhub

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- जिल्लाको पूर्वीउत्तरी भेगको जगन्नाथ गाउँपालिका–३ की २१ वर्षीया सङ्गीता भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

सोमबार सुत्केरी व्यथा लागेकी भण्डारीको गाउँपालिकामा रहेको हुनी महतीको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी समीर भण्डारीले जानकारी दिए ।

भण्डारीले दिएको जानकारीअनुसार भण्डारीको पेटमा दुई उल्टो शिशु भएकाले सुत्केरी गराउन नसकी स्वास्थ्यकर्मीले सोमबार नै अन्यन्त्र पठाइए गरेपनि जिल्लामा व्यवस्था नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाएको छ ।

हेलिकप्टरका लागि सोमबार नै कुरा गरेको र उक्त दिन मौसम खराबीका कारण हेलिकप्टर आउन नसकेपछि आज बिहान कैलाश उमावि महतीबाट उद्धार गरिएको प्रजिअ गैह्रेले बताए ।

सोमबारदेखिको स्वास्थ्यकर्मीले प्रयास गर्दा राति एउटा बच्चा मृत जन्माएको र अर्को बच्चा पेटमै रहेको हुँदा उच्च रक्तस्राव भएको स्वास्थ्यकर्मीले बताएका छन् । सत्केरीको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत उद्धार गरिएको हो ।

मृत फेला
आइतबारको अविरल वर्षाका कारण बाढीले बगाएर बूढीगङ्गा नदीमा बेवारिसे अवस्थामा बालिका मृत फेला परेकी छन् । त्रिवेणी नगरपालिका–कालापानी क्षेत्रको किनारामा अर्थात् बूढीगङ्गास्थित फालासैनको झोलङ्गे पुलको करीब १०० मिटर तल बूढीगङ्गा नदीको किनारामा करीब डेढ वर्षीया बालिका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ३ : ५३ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको