पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन् « Khabarhub

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णयविरुद्ध पार्टीको आधिकारिकताको वैधानिक दाबी र कानुनी उपचारका लागि सर्वोच्च अदालत पुगेको जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले २०८२ माघ ३ गते सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रूपमा लिएको निर्णयअनुसार न्याय पाउने विश्वासका साथ सर्वोच्च अदालत गएको उल्लेख गरेका हुन् । उनले सर्वोच्च अदालतको निर्णय कांग्रेसका लागि स्वीकार्य र मान्य हुने स्पष्ट गरेका छन् ।

खड्काले कांग्रेसको चुनाव चिन्ह ‘रुख’ बाहेक अन्य कुनै विकल्पको कल्पना पनि गर्न नसकिने बताउँदै नयाँ पार्टी खोल्ने वा स्वतन्त्र उम्मेदवार बन्ने जस्ता बजारमा फैलाइएका हल्लाहरू निराधार भएको दाबी गरेका छन् ।

उनले यस्ता गलत हल्लाको पछि नलाग्न पार्टीका सबै साथीहरू, शुभेच्छुकहरू तथा आम मतदाताहरूलाई आग्रह गर्दै पार्टी एकताबद्ध भएर कानुनी बाटोमार्फत न्यायका लागि अघि बढिरहेको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १० : १५ बजे

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

टोकियो- जापानमा रेलको ठक्करबाट रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले