नेविसंघले गर्‍यो त्रिवि उपकुलपति कार्यालयमा तोडफोड « Khabarhub

नेविसंघले गर्‍यो त्रिवि उपकुलपति कार्यालयमा तोडफोड


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको कार्यकक्ष नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले तोडफोड गरेका छन् ।

विद्यार्थीहरुको समूहले कार्यालयमा रहेको सवारी साधन फुटाउनुका साथै उपकुलपतिको कार्यालय तोडफोड गरेका हुन् ।

त्रिविका सूचना अधिकारी सूर्य अधिकारीका अनुसार विद्यार्थीले कार्यालयको कुर्सी, झ्याल तथा ढोकाहरु फुटाएका हुन् ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी रुकेश तण्डुकारले विद्यार्थीको ढुंगा प्रहारबाट कार्यालयका झ्यालका सीसा फुटेको र गाडीमा क्षति भएको बताए । उनले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको पनि बताए ।

तोडफोड भएको केहीबेरपछि नेविसंघका विद्यार्थीहरुले उपकुलपतिको बास्कोटाको कुर्सीसमेत जलाएका थिए ।

नेविसंघ, प्रजातान्त्रिक प्राध्यापक संघ तथा लोकतान्धिक प्राध्यापक संघले यसअघि पनि विरोध गर्दै आएका थिए । बास्कोटासहित त्रिवि पदाधिकारीको कार्यशैलीप्रति उनीहरु असन्तुष्ट छन् ।

असन्तुष्ट समूहले केही समयअघि कार्यकक्षमा ताला लगाएको थियो । अदालतको आदेशपछि उक्त ताला खोलिएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ४ : २१ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा