रूकुम घटनाका मृतकका परिवारलाई सरकारले १०–१० लाख दिने « Khabarhub

रूकुम घटनाका मृतकका परिवारलाई सरकारले १०–१० लाख दिने


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत जेठ १० गते रुकुम पश्चिममा भएको घटनामा मारिएकाहरुको परिवारलाई सरकारले जनही १० लाखका दरले राहत दिने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले राहत दिने निर्णय गरेको मंगलबार पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

एक गैर दलित युवतिलाई बिहेका लागि लिन गएको दलित युवक र उसका साथीमाथि कुटपिट हुँदा ६ जनाको हत्या भएको थियो।

सो काण्डमा जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक, सन्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनार र भेरी नगरपालिका वडानम्बर ११ का गोविन्द शाहीको हत्या भएको थियो।

जाजरकोटका नवराज विक आफ्ना साथीहरुसहित रुकुमकी मल्ल थरकी युवतिलाई बेहका लागि लिन गएका थिए।

सो समूहमाथि रुकुममा कुटपिट भएको थियो। संसदीय छानविन समितिलेसमेत सो काण्ड जातीय र सामूहिक हत्या भएको निष्कर्ष निकालेको थियो। घटनामा संलग्न भएको आरोपमा २३ जना अभियुक्तहरु पूर्पक्षका लागि थुनामा छन्।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ५ : ४२ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको