काँग्रेस पुनर्जागरणका लागि वरिष्ठ नेता पौडेलका सातबुँदे प्रस्ताव « Khabarhub

काँग्रेस पुनर्जागरणका लागि वरिष्ठ नेता पौडेलका सातबुँदे प्रस्ताव


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस पुनर्जागरणका लागि सातबुँदे प्रस्ताव अगाडि सारेका छन् ।

वरिष्ठ नेता पौडेलले सोमबार सातबुँदे प्रस्ताव अगाडि सार्दै पार्टीलाई नवजीवन दिनका लागि ‘निमुखालाई न्याय र विपन्नलाई आय’ साकार पार्न कर्मशील काँग्रेसको निर्माण गर्नुपर्ने बताएका हुन् ।

उनले सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि, देशभक्ति र फराकिलो राष्ट्रवादी विचारले काँग्रेस बलियो हुने बताए ।

नेता पौडेलले संसद्, सडक र बस्ती–बस्तीमा भरोसाको केन्द्र काँग्रेस बनाउने आफ्नो दृष्टिकोण रहेको भन्दै न्याय, पारदर्शी मूल्याङ्कन र निष्पक्षता पार्टी एकताको आधार हुने उल्लेख गरे ।

वरिष्ठ नेता पौडेलले लोकतान्त्रिक समाजवाद, समुन्नतिका आधार, हाम्रो बसोवास, व्यवस्थाको प्रश्न, सामाजिक–धार्मिक सद्भाव र परराष्ट्र सम्बन्धबारे आफ्नो दृष्टिकोण अगाडि सारेका हुन् ।

उनले उत्पादनमुखी अर्थनीति, गाउँमुखी विकास र जनमुखी शासन आवश्यक रहेको भन्दै युवा केन्द्रित रोजगारी सिर्जना गर्नुपर्ने बताए ।

प्रविधि प्रयोग गरी दक्ष नागरिक निर्माण गर्ने, स्वच्छ पानी, हावा र खुल्ला मैदानसहितको सुरक्षित बस्ती निर्माण गर्ने बताउँदै उनले ७० वर्षको सङ्घर्षबाट प्राप्त बहुलवादमा आधारित संसदीय समावेशी प्रणालीको जगेर्ना, समाजमा हरेक समूहबीच सहकार्य तथा नेपालको अखण्डता र स्वाभिमानको रक्षालाई अगाडि बढाउनुपर्ने बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ५ : ५८ बजे

पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति’ पत्रकारिता पुरस्कार

भक्तपुर– यस वर्षको ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका पत्रकार

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र