नेपालमा कोरोना : ८५ संक्रमित आइसीयूमा, भेन्टिलेटरमा ३ जनाको उपचार हुँदै | Khabarhub Khabarhub

नेपालमा कोरोना : ८५ संक्रमित आइसीयूमा, भेन्टिलेटरमा ३ जनाको उपचार हुँदै


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितमध्ये ८५ जनाको आईसीयूमा र  ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानाकारी दिएको छ ।

लक्षणसहितको कोरोना संक्रमित थपिएसँगै आइसीयुमा उपचार गराउने संक्रमितको संख्या बढ्दै गएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मुलुकभरका विभिन्न अस्पतालको आइसीयुमा उपचार गराउनेको संख्या ८५ पुगेको जानकारी दिएका हुन्‌।

प्रवक्ता गौतमले भने, ‘भेन्टिलेटरमा ३ जना संक्रमितले उपचार गरिरहेका छन्। संक्रमित थपिने क्रम जारी छ। होम आइसोलेसनमा बसी उपचार गराउनेको संख्या दुई सय २४ पुगेको छ।’

गम्भीर अवस्थाका कोरोना संक्रमितको उपचार गर्न एक हजार एक सय ३४ आइसीयु बेड रहेको गौतमले जानकारी दिए। हाल देशभर पाँच सय ७६ वटा भेन्टिलेटर छन्।

मन्त्रालयका अनुसार आज मात्रै थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० थियो ।

पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ६६४ पुगेको छ । नेपालमा आज थप ४ जनाको कोरोनाले मृत्यु भएको पुष्टिसँगै ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ९ : २० बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता