नेपालमा कोरोना : ८५ संक्रमित आइसीयूमा, भेन्टिलेटरमा ३ जनाको उपचार हुँदै « Khabarhub

नेपालमा कोरोना : ८५ संक्रमित आइसीयूमा, भेन्टिलेटरमा ३ जनाको उपचार हुँदै


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितमध्ये ८५ जनाको आईसीयूमा र  ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानाकारी दिएको छ ।

लक्षणसहितको कोरोना संक्रमित थपिएसँगै आइसीयुमा उपचार गराउने संक्रमितको संख्या बढ्दै गएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मुलुकभरका विभिन्न अस्पतालको आइसीयुमा उपचार गराउनेको संख्या ८५ पुगेको जानकारी दिएका हुन्‌।

प्रवक्ता गौतमले भने, ‘भेन्टिलेटरमा ३ जना संक्रमितले उपचार गरिरहेका छन्। संक्रमित थपिने क्रम जारी छ। होम आइसोलेसनमा बसी उपचार गराउनेको संख्या दुई सय २४ पुगेको छ।’

गम्भीर अवस्थाका कोरोना संक्रमितको उपचार गर्न एक हजार एक सय ३४ आइसीयु बेड रहेको गौतमले जानकारी दिए। हाल देशभर पाँच सय ७६ वटा भेन्टिलेटर छन्।

मन्त्रालयका अनुसार आज मात्रै थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० थियो ।

पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ६६४ पुगेको छ । नेपालमा आज थप ४ जनाको कोरोनाले मृत्यु भएको पुष्टिसँगै ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ९ : २० बजे

बालबालिकामा देखिने क्यान्सर समयमै उपचार गरे निको हुने सम्भावना उच्च : डब्लुएचओ

काठमाडौं– बालबालिकामा हुने क्यान्सर समयमै पहिचान गरी उपचार गर्न सके

ललितपुरमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा 

काठमाडौं– ललितपुर महानगरपालिका–१३, मानभवनमा श्वासप्रश्वास सम्बन्धी रोगको विशेषज्ञ उपचारका लागि

अफगानिस्तानमा दुई सडक दुर्घटना : ६ जनाको मृत्यु, १४ घाइते

काबुल– अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा शनिबार राति भएको दुई वटा

१३२ केभी प्रसारण लाइनको आजदेखि परीक्षण सुरु

गुल्मी– नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न

ऐरीको अर्धशतक, नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा वेस्ट अलराउन्डर दीपेन्द्रसिंह