कोभिडको त्रास : अस्पताल डुलाउँदा-डुलाउँदै दुईको मृत्यु | Khabarhub Khabarhub

कोभिडको त्रास : अस्पताल डुलाउँदा-डुलाउँदै दुईको मृत्यु


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा-  कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएको जनाउँदै स्थानीय अस्पतालहरु उपचारमा पन्छिएपछि झापामा आज दुई जनाको मृत्यु भएको छ ।

मेचीनगर –५ का ११ वर्षीय सागर तामाङ र कनकाई–५ का १७ वर्षीय रोशन सुनारको मृत्यु भएको हो ।

फुटबल खेल्दा सामान्य घाइते भएका दुवैलाई ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

अस्पतालहरुले पीसीआर परीक्षणबाट कोभिड –१९ नभएको रिपोर्ट ल्याएपछि मात्र उपचार गर्ने भनी एकले अर्कालाई रेफर गरेका कारण अस्पताल डुलाउँदा डुलाउँदै दुवैको मृत्यु भएको थियो ।

सोमबार ज्वरो बढेकाले तामाङलाई उपचारका लागि राति १ बजे बिर्तामोडको कनकाई हस्पिटल पुर्‍याइएको थियो ।

कनकाईले बालकलाई बिएण्डसी हस्पिटल लैजान सिफारिस गरेको थियो । बिएन्डसीले पनि धरान लैजान सिफारिस गरेको थियो ।

बिएण्डसी हस्पिटलले छातीको एक्सरे गरेपछि निमोनिया भएको ठहर गर्दै कोरोना सङ्क्रमण हुन सक्ने आशङ्कासहित बिरामीको पीसीआर परीक्षण गर्न र धरान लैजान सिफारिस गरेको थियो । त्यसपछि बालकको उपचार अभावमै बिहान ४ बजेतिर मृत्यु भएको थियो ।

यसैगरी कनकाईका सुनारलाई गएराति उपचारका लागि बिर्तामोडको बिर्तासिटी हस्पिटल लगिएको थियो । बिर्तासिटीले कोभिडसँग मिल्दोजुल्दो लक्षण भएको जनाउँदै अन्यत्र लैजान सिफारिस गरेपछि उनलाई कनकाई हस्पिटल लगिएको थियो ।

कनकाईले मेची अञ्चल अस्पताल लैजान सिफारिस गरेको थियो भने मेची अस्पतालले आइसीयु खाली नभएको जनाई भद्रपुरकै ओमसाई पाथीभरा हस्पिटल पठाएको थियो । ओमसाईले कोभिड–१९ परीक्षण नभएको जनाई मेचीमै फर्काएको थियो । त्यसपछि मेची अस्पतालमा उनको मृत्यु भयो ।

मेचीनगर–५ का वडाध्यक्ष योगेश थापा मगरले अस्पतालहरुले उपचार नगरी अन्यत्र पठाउने गरेकै कारण बिरामीको मृत्यु हुनु सर्वसाधारणको स्वास्थ्यमाथिको गम्भीर खेलबाड भएको बताए ।

‘कोरोना महामारीको समय छ भन्दैमा अन्य बिरामीको उपचारै नगरी बेवास्ता गर्नु ठीक भएन’, वडाध्यक्ष थापाले भने, ‘उपचार नै नगर्ने हो भने हस्पिटल हुनु र नहुनुको के अर्थ रह्यो ?’

बिएण्डसी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले ज्वरो आएका बालकको उपचार गरिएको तर कोरोनासँग मिल्दोजुल्दा लक्षण देखिएपछि कोभिडको परीक्षण हुने र उपचार हुने अस्पतालमा लैजान सिफारिस गरिएको बताए ।

कोभिडको उपचार र पीसीआर परीक्षण बिएण्डसी हस्पिटलमा नहुने हुँदा शङ्कास्पद बिरामीलाई अन्यत्र पठाउनु बाध्यता भएको उनको भनाइ थियो ।

झापामा मेची अञ्चल अस्पतालमा मात्र कोभिड –१९ को पीसीआर परीक्षण र उपचार हुने गरेको छ । पच्चीस शय्याको आइसोलेशन वार्ड भने सङ्क्रमितले भरिएका छन् । -रासस

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १० : १२ बजे

नारायणघाट–बुटवल सडक विस्तार : म्याद थप्ने तयारी

नवलपरासी– चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद

मधेसमा पानीको समस्या समाधान गर्न संघीयमन्त्रीहरू बीच छलफल

काठमाडौं– मधेस प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न संघीय

सुनील शर्मा र कान्छारामको गर्जनले धानेको बीपी विरासत !

बीपी दम्पती रेलबाट घर फर्कदै थिए। बाहिर मुसलधारे पानी दर्किएको

अनारखेतीबाट वर्षमा ५० लाख आम्दानी गर्ने लक्ष्य

डडेल्धुरा– डडेल्धुराको अजयमेरु गाउँपालिका– २ का कृषकले व्यावसायिक रूपमा अनारखेती

राजस्व सङ्कलनमा ७ प्रतिश बढीले वृद्धि

कैलाली– आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०८१–०८२ मा दुई