काठमाडौँ, कास्कीसहितका ८ जिल्लामा भारी वर्षा, सतर्क रहन आह्वान | Khabarhub Khabarhub

काठमाडौँ, कास्कीसहितका ८ जिल्लामा भारी वर्षा, सतर्क रहन आह्वान


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मनसुनको न्यून चापीय रेखाको प्रभावले काठमाडौँ, कास्कीसहितका विभिन्न ८ जिल्लामा भारी वर्षा भएको छ ।

काठमाडौँ उपत्यकाका केही स्थानमा बिहानीपखबाट भारी वर्षा भएको छ । यस्तै कास्की, रूपन्देही, कपिलवस्तु, म्याग्दी, पर्वत, नवलपरासी र बागलुङमा पनि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।

भारी वर्षा भएका क्षेत्रमा बाढी पहिरो र डुबानको खतरा रहेकाले सतर्क रहन पनि आह्वान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर  पूर्ण बदली रही  केही स्थानहरूमा  मेघगर्जन,चट्याङसहित  हल्का देखि मध्यम  वर्षाको  सम्भावना रहेको  छ ।

प्रदेश १, प्रदेश २,  बागमती प्रदेश  र अहिले भारी वर्षा भएका गण्डकी प्रदेशका केही जिल्लामा दिउँसो पनि भारी  वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राति देशभर सामान्यतया  बदली  रही  केही    स्थानहरूमा  मेघगर्जन, चट्याङसहित  हल्का देखि मध्यम  वर्षाको  सम्भावना रहेको  छ । प्रदेश १, बागमती प्रदेश र प्रदेश ५ का एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टा प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ६ : १२ बजे

मेची भन्सार कार्यालयबाट अलैँचीको निर्यात ३३ प्रतिशतले बढ्यो

झापा– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

युवालाई आत्मनिर्भर बनाउँदै चखेल गाउँ

मकवानपुर– विदेशमा पसिना बगाएर मात्र जीवन बदलिन्छ भन्ने भ्रमलाई चिर्दै

पर्यटकको पर्खाइमा जुम्लाको नदैगुफा

जुम्ला– जुम्लाको तिला गाउँपालिका– ९ माथिल्लो खोप्री गाउँमा रहेको नदैगुफा

बाँकेको नारायणपुर–राजपुर सडकखण्ड नबन्दा हुलाकी सडक अधुरो

बाँके– बाँकेको राप्तीसोनारी गाउँपालिका–३ नारायणपुरबाट दाङको राजपुर गाउँपालिका जोड्ने सडकखण्ड

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

काठमाडौं– मिथिलाञ्चललगायत देशका विभिन्न भागमा मनाइने छठ पर्वको दोस्रो दिन