कोरोनाविरूद्धको खोप यसै वर्ष आउने बेलायती कम्पनी एस्ट्राजेनेका दाबी | Khabarhub Khabarhub

कोरोनाविरूद्धको खोप यसै वर्ष आउने बेलायती कम्पनी एस्ट्राजेनेका दाबी


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायतको ख्यातिप्राप्त औषधि उत्पादन कम्पनी एस्ट्राजेनेकाले कोभिड–१९ विरूद्धको खोप यसै वर्ष आउन अझै सम्भव भएको बताएको छ ।

गत मंगलबार उक्त कम्पनीले विकास गरेको खोप परीक्षणका क्रममा एक व्यक्ति विरामी परेपछि कम्पनीले खोपको परीक्षणलाई छोटो समयका लागि रोकेको जनाएको थियो ।

एस्ट्राजेनेकाले बिहीबार खोपबारे बजारमा फैलिएका हल्लाहरूपछि त्यसको परीक्षण तत्काल रोकी परीक्षणमा संलग्न विरामीको अध्ययन गरिरहेको जनाएको छ ।

ती व्यक्तिमा खोपका कारण स्वास्थ्य समस्या जटिल भएको हो वा अन्य कारणले स्वास्थ्यमा समस्या आएको हो भन्ने परीक्षणहरू भइरहेको र छिट्टै टुङ्गोमा पुग्ने कम्पनीले जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पास्कल सोरियटले सञ्चारमाध्यमलाई उपलब्ध गराएको एक विज्ञप्तिमा भनिएको छ, ‘यस बर्षको अन्त वा अर्को वर्षको सुरुसम्ममा हामीले खोपलाई उपलब्ध गराउन सम्भव छ ।’

‘परीक्षणमा सम्लग्न एक स्वयम्सेवकमा स्वास्थ्य समस्या देखिएको विवरणपछि परीक्षणलाई छोटो समयका लागि रोकिएको छ,’ अक्सफोर्ड विश्वविद्यालयको सहकार्यमा विकसित औषधिको उत्पादक कम्पनी अस्ट्रोजेनेकाले बुधबार घोषणा गरेको थियो ।

सुरक्षाको समीक्षा गर्न स्वतन्त्र समिति गठन गरिएको छ तर कम्पनीले यसलाई परीक्षणको विश्वसनियातालाई अक्षुण्ण राख्न गरिएको नियमित कार्य भएको जनाएको छ ।

‘परीक्षण कहिले पुनः सञ्चालनमा ल्याउने सम्बन्धमा हामीहरू यस समितिबाट निर्देशित हुनेछौँ । हामी छिट्टै सो अवसरको पर्खाइमा छौँ,’ सारियटले भने ।

अस्ट्राजेनेका कम्पनीले विकसित गरेको खोप विश्वमा अन्तिम अवस्थामा परीक्षणमा रहेका भनिएका विभिन्न नौ वटा खोपमध्ये एक र बढी आशा गरिएको खोप हो ।

कम्पनीले अमेरिकाका दर्जनौँ स्थानसहित ३० हजार अमेरिकी स्वयम्सेवकसहित ब्राजिल र दक्षिण अमेरिकी मुलुकहरूमा खोपको अन्तिम परीक्षण गरिरहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ६ : २३ बजे

नेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनु पर्छ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाललाई शान्तिको

एन्फा महिला लिग : एपीएफसँग बागमती क्लब फराकिलो अन्तरले पराजित

काठमाडौं– एन्फा महिला लिगको शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल

डेङ्गी निदानमा कोभिड मोडल – घरमै उपचार !

बर्सेनि खासगरी पोस्ट मनसुन (मनसुन पछिको समय) मा डेङ्गी संक्रमणबारे

मुग्लिङ-काठमाडौं सडकको दर्जन ठाउँमा पहिरो, राजधानी जोड्ने मुख्य नाका ठप्प

काठमाडौं- शुक्रबार बिहानैदेखि परेको बर्षाका कारण मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक

चाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको शुरुवात

काठमाडौं– काठमाडौंको नयाँ बसपार्कमा आज ‘चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष