अमेरिकी राष्ट्रपतीय चुनाव रूस, चीन र इरानका ह्याकरको निशानामा : माइक्रोसफ्ट « Khabarhub

अमेरिकी राष्ट्रपतीय चुनाव रूस, चीन र इरानका ह्याकरको निशानामा : माइक्रोसफ्ट


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आउदो नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपतीय चुनावरुस, चीन र इरानका ह्याकरको निशानामा परेको माइक्रोसफ्टले दाबी गरेको छ ।

ती देशका ह्याकरहरूले राष्ट्रपतीय चुनाव अभियानमा संलग्न रहेका व्यक्ति र समूहहरूको सूचना अनधिकृत रूपमा लिने प्रयास गरेको जनाएको छ ।

उक्त प्रविधि कम्पनीले सन् २०१६ को राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिकको चुनावी अभियानको तथ्याङ्क अनधिकृत रूपमा चोर्नेमा रुसी ह्याकरहरू पनि रहेको जनाएको छ।

होमल्याण्ड सेक्युरिटी मन्त्रालयका साइबरसम्बन्धी उच्च अधिकारी क्रिस्टोफर क्रेब्सले यसअघि गुप्तचर समुदायले भन्दै आएको कुराकै पुष्टि माइक्रोसफ्टले पनि गरेको बताएका छन्।

रुसी ह्याकरले चार वर्षअघि डेमोक्र्याटिक चुनावी अभियानलाई निशाना बनाएकोमा अहिले पनि सोही प्रकृतिको गतिविधि देखिन थालेको माइक्रोसफ्टको दाबी छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको चुनावी अभियानहरु ह्याकरको निशानामा परेको उसले जनाएको छ ।

रुसी ह्याकरले डेमोक्र्याटिक र रिपब्लिकन पार्टीसँग सम्बन्धित २०० भन्दा बढी संस्थालाई निशाना बनाइरहेको माइक्रोसफ्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सोही समूहका साइबर आक्रमणकारीले बेलायती राजनीतिक पार्टीलाई पनि निशाना बनाएको बीबीसीले उल्लेख गरेको छ ।

यस्तै चिनियाँ ह्याकरले बाइडेनको चुनावी अभियानसँग जोडिएका व्यक्तिहरुलाई निशाना बनाइरहेको माइक्रोसफ्टको दाबी छ ।

इरानका ह्याकरहरुलेचाँही ट्रम्पको चुनावी अभियानसँग जोडिएका व्यक्तिलाई निशाना बनाउने क्रम जारी राखेको बताइएको छ ।

आफ्नो एउटा सुरक्षासम्बन्धी ब्लगमा माइक्रोसफ्टले फ्यान्सी बियर नामक रुसी ह्याकरहरू र फोसफोरस नामक इरानी ह्याकरहरूले राष्ट्रपति ट्रम्पको चुनावी अभियानमा काम गर्ने कर्मचारी र राजनीतिक संगठनहरूमाथि हमला गरेको जनाएको छ।

जिरकोनियम नामक चिनियासँग सम्बन्धित ह्याकरहरूले चाहिँ डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीका अभियानसँग जोडिएका व्यक्तिहरूलाई निसानामा पारेको माइक्रोसफ्टले जनाएको हो।

माइक्रोसफ्टका अनुसार धेरैजसो ह्याक गर्ने अर्थात् अनधिकृत रूपमा सूचना लिने प्रयासहरू विफल भएका छन् तर पनि जोखिम कम भइसकेको छैन ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ६ : ४७ बजे

नागढुङ्गा सुरुङमार्ग पीडितको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– नागढुंगा सुरुङमार्ग उद्घाटनको अवसरमा नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समितिले

शैक्षिक सत्रदेखि पढाइ सुरु नभए अनशन बस्ने धनगढीका मेयर हमालको चेतावनी

धनगढी – धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपी हमालले शहीद दशरथ

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन (तस्बिरहरू)

काठमाडौँ– नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल

आत्मदाह प्रयासबाट घाइते चौधरीको मृत्यु

कैलाली– आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५

गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल

काठमाडौँ – चर्चित गायक तथा बालकलाकार अशोक दर्जीमाथि सडकमा कुटपिट