अपराजित रहँदै चौथो पटक ट्रिनबागोले उचाल्यो सीपीएलको उपाधि « Khabarhub

अपराजित रहँदै चौथो पटक ट्रिनबागोले उचाल्यो सीपीएलको उपाधि


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- क्यारेबियन प्रिमियर लिगको आठौं संस्करणको उपाधि ट्रिनबागो नाइट राइडर्सले उचालेको छ ।

बिहीबार राति भएको खेलमा ट्रिनबागोले सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले पराजित गर्दै चौथो पटक उपाधि हात पारेको हो ।

यो सिजनको विजेता बनेको ट्रिनबागो अपराजित रहँदै लिगको उपाधि उचाल्न सफल भएको छ । उसले लिग चरणदेखि फाइनलसम्म गरी कुल १२ खेल खेल्दा सबै खेलमा जीत हात पारेको हो ।

ब्रायन लारा क्रिकेट स्टेडियममा सेन्ट लुसियाले दिएको १ सय ५५ रनको लक्ष्य ट्रिनबागोले १८ ओभर १ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

ट्रिनबागोको जीतमा लेन्डेल सिमोन्सले अविजित रहदै ८४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै डरेन ब्राभोले पनि अविजित ५८ रनको आर्शशतकीय इनिङ्स खेले ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ५४ रन बनाएको थियो । सेन्ट लुसियाका आन्द्रे फलेट्चरले ३९ रन जोड्दा मार्क डियालले २९ रन जोडे ।

ट्रिनबागोका केइरन पोलार्डले ४ विकेट लिए । अली खान र फावाद अहमेदले २/२ विकेट लिए ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ७ : ३७ बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको