अण्डाको बोक्राले चम्किनेछ तपाईंको अनुहार, कसरी प्रयोग गर्ने ? « Khabarhub

अण्डाको बोक्राले चम्किनेछ तपाईंको अनुहार, कसरी प्रयोग गर्ने ?


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सामान्यतया अण्डाको बोक्रा प्रयोगमा ल्याइँदैन । मानिसहरु यसलाई फ्याक्ने भएपनि यसको फाइदाबारे जानकार हुँदैनन् ।

छालालाई राम्रो, मुलायम र अनुहारलाई चम्किलो बनाउन अण्डाको बोक्रा प्रयोग गर्न सकिने एक अध्ययनले देखाएको छ ।

अण्डाको बोक्रामा पाइने प्राकृति एसिड र गुणले छालाको सफाई गर्दै त्यसलाई चम्किलो बनाउँछ । त्यसकारण अर्कोपटक अण्डाको बोक्रालाई फाल्नुभन्दा पहिले एकपटक अवश्य पनि सोच्नुहोस् ।

छालामा अण्डाको बोक्रा लगाउँदा रोमछिद्र खुल्ने गर्दछ र छाला सफा, स्वस्थ र कोमल हुने गर्दछ । अण्डाको बोक्राको पाउडरमा कागती र मह मिसाएर एक गाढा पेष्ट बनाउनुहोस् । यसलाई आफ्नो अनुहारमा लगाउनुहोस् र पछि सफा पानीले धुनुहोस् । अण्डाको बोक्राले बनेको यो मास्कले छालाको सफाई गर्दछ र रोमछिद्रलाई बन्द हुनबाट जोगाउँछ ।

अण्डाको बोक्रामा प्राकृतिक प्रोटिन र भिटामिन पाइन्छ अतः यसले छालालाई जवान र चम्किलो बनाउँछ । अण्डाको बोक्राको पाउडर दुई चम्चा लिनुहोस् र त्यसमा मह र बेसन मिसाउनुहोस् । यो मास्कलाई अनुहारमा लगाउनुहोस् र १५ मिनेटपछि धुनुहोस् । यो प्रक्रियालाई हप्तामा तीन वा चारपटक अपनाउनुहोस् र जवान र चम्किलो छाला पाउनुहोस् ।

शोधका अनुसार जो महिलाको उमेर ३० पारी छ उनीहरुले अण्डाको बोक्रालाई आफ्नो सौन्दर्य दिनचर्यामा अवश्य पनि समावेश गर्नुपर्छ । अण्डाको बोक्राको पाउडर ३–४ चम्चा लिनुहोस् र यसमा दही मिसाउनुहोस् । यसमा एक चिम्टी बेसार मिसाउनुहोस् र यो पेस्टलाई अनुहारमा लगाउनुहोस् । यसलाई २० मिनेटपछि पखाल्नुहोस् । अण्डाको बोक्राले बनेको मास्क बुढ्यौलीको संकेतलाई कम गर्ने गर्दछ । यसले अनुहारबाट चाउरीलाई टाढा राख्छ ।

यदि तपाईंको आँखा मुनीको छाला सुख्खा छ र छालालाई पुनर्जि्वित गर्नका लागि अण्डाको बोक्रालाई प्रयोगमा ल्याउनुहोस् । २–४ चम्चा अण्डाको बोक्राको पाउडरमा मह मिसाउनुहोस् । दुबै पदार्थलाई निकै राम्रोसँग मिसाउनुहोस् र यसलाई छालामा लगाएर गोलाकार दिशामा आँखा वरिपरि मसाज गर्नुहोस् । प्रत्येक दिन सुत्नुभन्दा पहिले यो मास्कको प्रयोग गर्नुहोस् किनभने यस्तो गर्दा आँखा मुनीको छाला निकै समयसम्म नरम भइरहन्छ ।

थुप्रै मानिसहरुलाई छाला चिलाउनेजस्तो समस्या हुने गर्दछ । आफ्नो छालाको हेरबिचारको दिनचर्यामा अण्डाको बोक्रलाई समावेश गरेर तपाईं छालालाई आराम प्रदान गर्न सक्नुहुन्छ र छाला पोल्ने समस्या छ भने तुरुन्त आराम पाउन सक्नुहुन्छ । एक कप एप्पल साइडर भिनेगर लिनुहोस् र त्यसमा अण्डाको बोक्राको पाउडर मिसाउनुहोस् । यो मिश्रणलाई सेट हुन दिनुहोस् र यसलाई १० मिनेटसम्म यत्तिकै छोडिदिनुहोस् । अब यो मिश्रणलाई छालामा लगाउनुहोस् र जवान र चम्किलो छाला प्राप्त गर्नुहोस् ।

अण्डाको बोक्राको पाउडरमा घ्युकुमारीको जेल मिसाउनुहोस् । यो मास्कलाई अनुहारमा लगाउनुहोस् र चिसो पानीले धुनुहोस् । हप्तामा दुईपटक यो उपचारलाई अपनाउनुहोस् र चम्किलो, कोमल छाला पाउनुहोस् ।

अण्डाको बोक्रा एक प्राकृति पदार्थ हो जसले छालालाई भित्रैदेखि सफा गर्दछ र रोमछिद्रलाई खोल्दछ । अण्डाको बोक्राले रोमछिद्रमा जमेको फोहोर र धुलो सफा हुने गर्दछ जसका कारण रोमछिद्र बन्द हुन दिँदैन । अण्डाको बोक्राले बनेको मास्क तपाईंको छालाको लागि निकै फाइदाजनक हुन्छ ।

अण्डाको बोक्राले छालालाई चम्किलो बनाउँछ । अण्डाको बोक्राको पाउडरमा थोरै कागतीको रस र कोयलाको पाउडर मिसाउनुहोस् । यो मास्कलाई अनुहारमा लगाउनुहोस् र आधा घण्टापछि पखाल्नुहोस् । अण्डाको बोक्रामा ब्लिचिङ र छालालाई चम्किलो बनाउने गुण पाइन्छ । यदि तपाईं छालालाई चम्किलो र जवान राख्न चाहनुहुन्छ भने यी तरिका अपनाउन सक्नुहुन्छ ।

अण्डाको बोक्रादाई घाममा सुकाउनुहोस् । त्यसपछि त्यसलाई मिक्चरमा पिसेर धुलो बनाउनुहोस् र प्रयोगमा ल्याउनुहोस् ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ७ : २९ बजे

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

गण्डकी– पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५० वर्षदेखि

फिर्के खोलाको अतिक्रमण थालियो हटाउन, मेयर आफैँ खटिए

पोखरा– पोखरा महानगरपालिकाले फिर्के खोला मिचेर निर्माण गरिएका संरचनाहरू हटाउने

क्यान्सरको औषधि अभाव हुन नदिन दैनिक विवरण उपलब्ध गराउन विभागको आग्रह

काठमाडौं– बजारमा क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका औषधि तथा

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन– छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक निर्माणका

तनहुँका व्यवसायी पसल बन्द गरेर आन्दोलनमा 

काठमाडौं– दमौली स्थित सफा सडक क्षेत्रमा आजदेखि लागू गरिएको पार्किङ