यी हुन रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक उपाय « Khabarhub

यी हुन रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक उपाय


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मानिसहरु स्वस्थ तथा तन्दुरुस्त हुनको लागि उसमा रोग प्रधिरोधी क्षमता बलियो हुनु आवश्यक छ । यसका लागि सवैभन्दा पहिलो कुरा हामीले खानपानमा ध्यान दिनुपर्छ ।

खानपानसँगै स्टामिना बलियो बनाउन विभिन्न उपायहरु समेत अपनाउन सकिन्छ । व्यस्त जीवनशैलीका कारण हाम्रो शरीरले सबै पोषक तत्त्व पाउँदैन जसकारण शरीर अनेकथरी रोगको समस्यामा पर्छ ।

रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेदमा उल्लिखित केही सरल उपायहरू यहाँ बताइएको छ ।

अश्वगन्धा
यो प्राचीन औषधिले पूरै शरीरमा प्रभाव पार्छ । तनाव, कब्जियत र बाथरोगबाट पनि यसले मुक्ति दिन्छ । तनावका कारण तपाईं शरीरलाई स्वस्थ आहार दिनुहुन्न जसकारण स्टामिना कम हुन्छ । अश्वगन्धा खाँदा तपाईं स्वस्थ हुनुहुन्छ र स्टामिना पनि बढाउन सक्नुहुन्छ ।

शतावरी
यसको रोगनाशक शक्तिले ग्यास र स्नायु प्रणालीमा सकारात्मक असर पार्छ । यो प्रयोग गर्दा स्टामिना बढ्छ र तपाईंभित्र आत्मविश्वास बढ्छ ।

ब्राह्मी
ब्राह्मीमा भएका एन्टीअक्सिडेन्टहरूले स्टामिना बढाउन सहायता गर्छन् र तौल बढ्न रोक्छन् । यिनीहरूले शरीरका विषाक्त कुरा शरीरबाट निकालेर रक्तकोशिकाहरूलाई विकसित गर्छन् ।

शिलाजीत
प्राचीनकालदेखि नै शिलाजीतको प्रयोग स्टामिना बढाउनका लागि गरिँदै आएको छ । यसले शारीरिक र मानसिक स्वास्थ्य पनि राम्रो बनाउँछ । यसबाहेक गोकशुरा, घिउकुमारी, नीम जस्ता आयुर्वेदिक औषधिले पनि स्टामिना बढाउन मद्दत गर्छन् ।

अनि केही अन्य खानेकुराले पनि स्टामिना बढाइदिन्छन्, जस्तै :

ओट्स
ओट्समा भारी मात्रामा ऊर्जा हुन्छ । दिनदिनै दूधका साथ ओट खाने गर्नुभयो भने शरीरको तागत र क्षमता बढ्छ ।

स्प्राउट्स
स्प्राउट्स अर्थात् टुसा पलाएका दानाहरू खानुभयो भने पनि स्टामिना बढाउन सक्नुहुन्छ । टुसा पलाएको मुँगको दाल सबभन्दा बढी लाभदायक हुन्छ ।

गाईको घिउ
तागत बढाउन र शरीरलाई बलियो बनाउन गाईको घिउ सेवन गर्दा लाभदायक हुन्छ ।

पालुंगोको झोल
पालुंगोको झोलले शरीरलाई आवश्यक सबै पोषक तत्त्व प्रदान गर्छ र ऊर्जा दिन्छ । यसमा भएको क्याल्सियमले स्टामिना बढाउन सहायता गर्छ ।

केरा
शरीरलाई ऊर्जा दिने सबभन्दा राम्रो स्रोत केरा पनि हो ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ७ : ३६ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको