यी हुन रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक उपाय « Khabarhub

यी हुन रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक उपाय


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मानिसहरु स्वस्थ तथा तन्दुरुस्त हुनको लागि उसमा रोग प्रधिरोधी क्षमता बलियो हुनु आवश्यक छ । यसका लागि सवैभन्दा पहिलो कुरा हामीले खानपानमा ध्यान दिनुपर्छ ।

खानपानसँगै स्टामिना बलियो बनाउन विभिन्न उपायहरु समेत अपनाउन सकिन्छ । व्यस्त जीवनशैलीका कारण हाम्रो शरीरले सबै पोषक तत्त्व पाउँदैन जसकारण शरीर अनेकथरी रोगको समस्यामा पर्छ ।

रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेदमा उल्लिखित केही सरल उपायहरू यहाँ बताइएको छ ।

अश्वगन्धा
यो प्राचीन औषधिले पूरै शरीरमा प्रभाव पार्छ । तनाव, कब्जियत र बाथरोगबाट पनि यसले मुक्ति दिन्छ । तनावका कारण तपाईं शरीरलाई स्वस्थ आहार दिनुहुन्न जसकारण स्टामिना कम हुन्छ । अश्वगन्धा खाँदा तपाईं स्वस्थ हुनुहुन्छ र स्टामिना पनि बढाउन सक्नुहुन्छ ।

शतावरी
यसको रोगनाशक शक्तिले ग्यास र स्नायु प्रणालीमा सकारात्मक असर पार्छ । यो प्रयोग गर्दा स्टामिना बढ्छ र तपाईंभित्र आत्मविश्वास बढ्छ ।

ब्राह्मी
ब्राह्मीमा भएका एन्टीअक्सिडेन्टहरूले स्टामिना बढाउन सहायता गर्छन् र तौल बढ्न रोक्छन् । यिनीहरूले शरीरका विषाक्त कुरा शरीरबाट निकालेर रक्तकोशिकाहरूलाई विकसित गर्छन् ।

शिलाजीत
प्राचीनकालदेखि नै शिलाजीतको प्रयोग स्टामिना बढाउनका लागि गरिँदै आएको छ । यसले शारीरिक र मानसिक स्वास्थ्य पनि राम्रो बनाउँछ । यसबाहेक गोकशुरा, घिउकुमारी, नीम जस्ता आयुर्वेदिक औषधिले पनि स्टामिना बढाउन मद्दत गर्छन् ।

अनि केही अन्य खानेकुराले पनि स्टामिना बढाइदिन्छन्, जस्तै :

ओट्स
ओट्समा भारी मात्रामा ऊर्जा हुन्छ । दिनदिनै दूधका साथ ओट खाने गर्नुभयो भने शरीरको तागत र क्षमता बढ्छ ।

स्प्राउट्स
स्प्राउट्स अर्थात् टुसा पलाएका दानाहरू खानुभयो भने पनि स्टामिना बढाउन सक्नुहुन्छ । टुसा पलाएको मुँगको दाल सबभन्दा बढी लाभदायक हुन्छ ।

गाईको घिउ
तागत बढाउन र शरीरलाई बलियो बनाउन गाईको घिउ सेवन गर्दा लाभदायक हुन्छ ।

पालुंगोको झोल
पालुंगोको झोलले शरीरलाई आवश्यक सबै पोषक तत्त्व प्रदान गर्छ र ऊर्जा दिन्छ । यसमा भएको क्याल्सियमले स्टामिना बढाउन सहायता गर्छ ।

केरा
शरीरलाई ऊर्जा दिने सबभन्दा राम्रो स्रोत केरा पनि हो ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ७ : ३६ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट