सुत्नुअघि र खाना खाइसकेपछि चिया पिउनु स्वास्थ्यका लागि घातक ! « Khabarhub

सुत्नुअघि र खाना खाइसकेपछि चिया पिउनु स्वास्थ्यका लागि घातक !


२६ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिया पिउनु मानिसहरुका लागि अत्यावश्यक जस्तै बनिसकेको छ । तपाई चियाको सौखिन हुनुहुन्छ भने चिया पिउने सही समय पनि थाहा पाउनु जरुरी छ।

किनकी गलत समयमा चिया पिउनु तपाईका लागि घातक हुन सक्छ । गलत समयमा चिया पिउँदा त्यसले स्वास्थ्यमा धेरै नकरात्मक असर पुर्‍याउन सक्छ ।

कुन कुन समयमा चिया पिउन हुँदैन भन्ने विषमाय यहाँ उल्लेख गरिएको छः

बेड टी:  प्राय मानिसको बानी हुन्छ, बिहान बेडमै चिया पिउने। यदि तपाई ती व्यक्तिमध्ये हुनुहुन्छ, जसले दिनको शुरुवातमा ‘बेड टी’बाट गर्नुहुन्छ भने तुरुन्तै तालिका परिवर्तन गर्नुहोस्।

‘बेड टी’ले तपाईको शरीरमा एसिडको मात्रा मात्र बढाउँदैन, मुखको स्वास्थ्यलाई पनि प्रभावित गर्छ। साथै बिहानै चिया पिउँदा शरीरमा टोक्सिनको मात्रा पनि बढ्छ।

खानापछि चिया: खाना खाएपछि चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारण हुन्छ। यसले पाचन प्रक्रियामा गम्भीर असर पर्छ। खाना खानेवित्तिक चिया पिउँदा पाचन प्रक्रिया ढिलो हुँदै जान्छ। चियामा रहेको फेनोलिक कम्पाउन्डले पाचन प्रक्रियामा बाधा पु-याउँछ, जसले गर्दा शरीरले प्रोटीन र आयरनलाई राम्ररी पाउँदैन।

सुत्नअघि चिया

चिया तथा कफिमा क्याफिन हुन्छ, जुन अनिन्द्रा जस्ता रोगको कारण बन्न सक्छ। क्याफिनको मात्राले शरीरमा कोर्टिसोल नाम तत्वलाई बढाउँछ, जसका कसारण मुटुसँग सम्बन्धित समस्या, मधुमेह, अनियमितता र तौल बढ्ने हुन्छ।

आइरन र क्याल्सियमसँग चिया

यदि तपाई आइरन र क्याल्सियमको मिश्रण लिनुहुन्छ भने त्यस समय चिया नपिउनुहोस् । एकै समयमा चिया र आइरन–क्याल्सियमको मिश्रण लिनाले मिश्रणको सबै फाइदा नाश हुन्छ । चियामा पाइने तत्वले आइरन र प्रोटिनलाई सोस्छ ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ८ : ४८ बजे

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

कञ्चनपुर– फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन