हुन्डाईकाे ‘औरा’ कार नेपाली बजारमा, मुल्य कति ? « Khabarhub

हुन्डाईकाे ‘औरा’ कार नेपाली बजारमा, मुल्य कति ?


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको लागि हुण्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुण्डाई औरा नेपालमा सार्वजनिक गरेको छ ।

नयाँ हुण्डाई औराको अनावरण कार्यक्रममा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका प्रबन्धनिर्देशक रूपेश शर्मा भट्टले सेडान गाडीहरु नेपाली बजारमा लोकप्रिय रहेको र यही समयमा बजारलाई एक स्टाइलिस, विलासी र आरामदायी सेडान प्रदान गर्नु हुण्डाईको लागि अटोमोबाइल उद्योगमा नयाँ तथा उल्लेखनीय स्तर सेट गर्न सही कदम हुने बताए ।

यस ब्रान्डले ग्राहकहरुबाट उल्लेखनीय प्रशंसा पाउन सक्षम भएको उनको दाबी छ । हुण्डाई औराले पनि यस लिगेसीलाई जारी राख्ने उनले बताए ।

उनका अनुसार हुण्डाई औरा एक आकर्षक सेडानको निम्ति विकसित गरिएको हो, जुन युवा ग्राहकहरुको लागि लक्षित गरी बनाइएको छ । यस गाडीको डिजाइन एक उत्कृष्ट नमूनामा बनेको छ । कम्पनीका अनुसार आधुनिक र प्रभावशाली डिजाइनको साथै हुण्डाईको उत्कृष्ट डिजाइन भाषा ’सेन्सियस स्पोर्टनेस’मा बनेको छ ।

यस गाडीको अघिल्लो भागमा रहेका बत्तीहरुले दिउँसोमा पनि प्रकाश दिइरहेको हुनेछ । साइड प्रोफाइलले यसको कोपजस्तो स्टाइल र विलासी भोल्युमद्वारा युनिक स्पोर्टीनेस दर्शाएको छ ।

औराको विशिष्ट रियर डिजाइनमा चौडा स्ट्यान्स, मजबुत स्पोर्टी बम्पर डिजाइन र स्टाइलिस जेड आकारको एलईडी टेल ल्याम्प रहेको छ । यसको ट्रंक कभरमा रहेको क्रोम स्ट्रिपको गार्निश र ग्लोसी कालो ¥यापले यसलाई आफ्नो सेग्मेन्टको सबैभन्दा स्टाइलिस सेडान बनाएको कम्पनीले जनाएको छ ।

औराको उत्कृष्ट ड्राइभिङ परफरमेन्स र गतिशीलताले ड्राइभरलाई आनन्द प्रदान गर्ने कम्पनीको दाबी छ । यसमा आधुनिक प्रविधियुक्त इन्जिनहरुको जडान गरिएको छ । हुण्डाईले आजको बजारको आवश्यकतालाई अनुकूल गर्दै विभिन्न उत्पादनहरु प्रदान गर्दै आएको छ, जुन हुण्डाई औराको आराम्दायी सुविधामा देख्न सकिन्छ । यो वास्तवमै स्टाइल, अनुपात, वास्तुकला र टेक्नोलोजीको सबैभन्दा उत्तम मिश्रण बनेको कम्पनीको भनाइ छ ।

यसका साथै यो एकीकृत रुपमा बलियो शरीर संरचनामा निर्मित रहेको ६५ प्रतिशत उन्नत उच्च शक्ति स्टील एप्लिकेसन भएको गाडी हो जसले उच्च शक्तिसँग हल्का शरीरको वजन सुनिश्चित गर्दछ । यसको संरचना उन्नत रिंग स्ट्रक्चर एप्लिकेसनका साथ सुसज्जित छ । यसले उत्कृष्ट सुरक्षाको लागि स्थिरताका साथै गतिशीलतालाई अनुमति दिन्छ, तनावमुक्त ड्राइभिङ र उत्तम क्र्यास ऊर्जा शोषणको लागि उत्तम सक्रिय र निष्क्रिय सुरक्षा प्रदान गर्न उन्नत सुरक्षा प्रणालीको साथ लो एनभीएच र सुपेरियर ह्याण्डलिङ प्रदान गर्दछ ।

कम्पनीका अनुसार हुण्डाई औरा ‘एस’ भेरियन्टको १.२ कप्पा डुअल भिटिभिटी पेट्रोल इन्जिनको एक हजार एक सय ९७ सीसीमा मात्र उपलब्ध हुनेछ ।

यस गाडी विभिन्न चार कलरहरुमा उपलब्ध छ जसको सुरुवाती मूल्य ३३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । नेपाली ग्राहकको लागि हुण्डाई सबैभन्दा बढी रुचाइएको गाडी हुन सफल भएको कम्पनीको दाबी छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ८ : ५५ बजे

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण

‘जनताले खबरदारी गर्न छोडेका दिन नयाँ दल पनि बिग्रिन्छन्’

नेपालमा राजनीतिक उथलपुथल गर्दै २०८२ बितेको छ। वर्ष २०८२ ले

आगामी बजेटमा दलित महिला तथा सीमान्तकृत बालबालिकाका मुद्दा समेट्न माग

काठमाडौं– दलित महिला सङ्घ (फेडो) ले आगामी आर्थिक वर्ष २०८२/८३